Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेजाको ७ औं अधिवेशन जुलाई २४ र २५ तारिख भर्जिनियामा हुने

नेजाको ७ औं अधिवेशन जुलाई २४ र २५ तारिख भर्जिनियामा हुने

नेप्लिज डायस्पोरा

२४, चैत्र २०७७
images
नेजाको ७ औं अधिवेशन जुलाई २४ र २५ तारिख भर्जिनियामा हुने

 


नेपाल अमेरिका पत्रकार संघ नेजाको निर्वाचन मिती सार्वजनिक भएको छ । कोभिड पेण्डामिकले रोक्किएको नेजाको सातौं अधिवेशन जुलाई २४ र २५ का दिन हुने नेजा कार्यसमितिको आईतबार बसेको बैठकले निर्णय गरेको नेजा महासचिव किरण मरहठ्ठाले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । अधिवेशन डिसी मेट्रो क्षेत्रमा हुने भएको हो ।

निर्वाचन कार्य तालिका भने निर्वाचन समितिले सार्वजनिक गर्ने बताईएको छ । नेजाको अधिवेशन गत बर्ष नै सम्पन्न हुनुपर्ने थियो । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा २०२० को मे २ र ३, मा न्यूयोर्कमा हुने तय भै सकेकोमा कोभिडका कारण निर्वाचन स्थगित गर्नु परेको थियो ।

संस्थाका सचिव सुरज भण्डारीका अनुसार गत बर्ष नै सम्पन्न गर्नुपर्ने यस निर्वाचनको तयारी सबै अन्तिम चरणमा पुग्दा स्थगित गर्नुपर्ने अवस्था आएको थियो । चाहेर पनि भौतिक रुपमा जुट्न सक्ने अवस्था नहुँदा बाध्यात्मक कारणले गर्दा अधिवेशन स्थगित गरिएको थियो ।

अव भने बिस्तारै कोरोना संन्त्रास र संक्रमणको जोखिम हट्दै गएकाले निर्वाचन गर्नका लागि पुनःतयारी थालिएको सचिव भण्डारीले बताए ।

करिव १ सय २० सदस्य रहेको नेजाको निर्वाचन मिती सार्वजनिक भएसंगै बिस्तारै चुनावी सरगर्मी समेत बढ्न थालेको छ |

 

नेजाद्वारा जारी बिज्ञप्ति

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौँ महाधिबेशन तथा १४औँ साधारणसभा भर्जीनियामा जुलाइ २४ र २५, २०२१ मा हुने भएको छ ।

काबा अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा सल्लाहकार सहित अप्रिल ४ आइतबार बसेको नेजा कार्यसमितिको वैठकले मिति तय गर्दै अधिबेशन तथा साधारणसभा सम्पन्न गर्न डिसि मेट्रो क्षेत्रको नेजा क्षत्रिय संयोजक लिला ओझालाइ संयोजक तोकेको छ । संयोजन समितिका अन्य सदस्यहरु अगामी बैठकले विस्तार गर्नेछ ।

नेजाको गतबर्ष मे मा हुने तय भएको अधिबेशन कोरोना महामारिको कारण स्थगित भएको थियो । महामारि पुर्णतः साम्य नभैसकेको भएता पनि खोप लगाउने कार्य तिव्ररुपमा भैरहेको र कयौँः राज्यहरुमा भेला गर्न तथा स्वतन्त्र आवतजावत गर्न फुकुवा गरिसकेको परिस्थितिलाइ मध्यनजर गर्दै जुलाइ महिनासम्म अमेरिकाभर अवस्था सामन्य बन्ने अपेक्षाका साथ संस्थाको गतिशिलतालाइ जिवन्त राख्न अधिबेशनको मिति तोकिएको हो ।

यस सन्दर्भमा, अमेरिकाभर रहनुभएका नेजा सदस्यलाइ महाधिबेशनमा सहभागिताको लागी अनुकुलता मिलाइ राख्नुहुन समेत यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गरिएको छ ।

किरण मरहठ्ठा

महासचिव

अप्रिल ५, २०२१

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - ०१:४९:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend