चैत्र २१ गते, काठमाडौं ।
शैली साहित्य समाज नेपाल र जन्मभूमि नेपाल साहित्य समाजको संयुक्त आयोजनामा श्रष्टा सम्मान तथा रचनावाचन कार्यक्रममा सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रिय अध्यक्ष युवाकवि तथा साहित्यकार केशवराज भट्ट सागर सम्मानित हुनुभएको छ ।
कार्यक्रमको पहिलो चरण प्रदिप खतिवडाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व दुर्गा अधिकारी 'भमरकोटे'ले गर्नुभएको थियो भने बरिष्ठ उपन्यासकार शंकर भारती ज्यूको प्रमुख आतिथ्यता तथा बरिस्ठ डेउडा गायक नन्दकृष्ण जोशीको बिशिष्ट आतिथ्यता रहेको थियो ।
अतिथिमा घुम्ती कवि गोष्ठीका अध्यक्ष रामकुमार पण्डित, शैली समाजका अध्यक्ष मञ्जु प्रधान केसी, जन्मभूमिका अध्यक्ष डिल्ली प्रसाद मुलतिहुन, उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष रुपकुमार शाक्य, उद्योग वाणिज्य संघका कोषाध्यक्ष भूमीनन्दन कर्माचार्य, घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली, मुकुन्द दाहाल, बालकृष्ण दाहाल, नारायण नेपाल , विनोद दाहाल वत्स्य, खगेन्द्र लुइँटेल , राजेन्द्रप्रसाद भट्ट , संगीता ठाकुर लगायत धेरै साहित्यिक मनहरूको उपस्थिति रहेको थियो ।
दोस्रो चरणको कार्यक्रम हिरा गौतमले सञ्चालन गर्नुभएको थियो । उक्त दोस्रो चरणको रचना वाचनमा ३० जना साहित्यकारहरूले रचनावाचन गर्नु भएको थियोे । रोमा लम्साल, महेश पाण्डे, बबिन न्यौपाने, कान्ति अवस्थी, प्रदीप महर्जन, कल्पना दाहाल, सुचिता काफ्ले लगायतको उपस्थिति रहेको कार्यक्रम बबरमहल स्थित शैलीको कार्यालयमा सम्पन्न भएको थियो ।
सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रीय अध्यक्ष केशवराज भट्ट सागर ज्यूको नेपाली साहित्यको लगाव देखेर सबै प्रभावित भएका थिए । नन्दकृष्ण जोशीले सुदूरपश्चिमको कला आफैमा वजनदार र पछिल्लो युवा पुस्ताको सक्रियताको प्रशंसा गर्नु भएको थियो । करिब ४ घण्टा कार्यक्रम चलेको थियो । प्रमुख अतिथि शंकर भारतीले सम्मानित श्रष्टा केशवराज भट्ट सागर भविष्यका कर्णधार, साहित्यप्रतिको लगाव र क्षमताको कदर गर्दै नेपाली साहित्यको खम्बाको रूपमा रहेको बताउनु भएको थियो । कार्यक्रमको समापन दुर्गा अधिकारीले गर्नुभएको थियो ।