Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पाेर्तुगलमा अस्ताए चितवनका सुर्य गुरुङ

पाेर्तुगलमा अस्ताए चितवनका सुर्य गुरुङ

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७७
images
पाेर्तुगलमा अस्ताए चितवनका सुर्य गुरुङ


शान्ति अर्याल अधिकारी
लिस्वन / पोर्चुगल

चितवन चण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे अप्रिल ८ गते बिहिबार आफ्नै निवासमा निधन भएको छ| माल्टा हुदै पाेर्तुगल छिरेका गुरुङ करिब ९ महिनादेखि पोर्चुगल बस्दै आएका थिए ।कामकाे सिलसिलामा गुरूङ पोर्चुगलको अलन्तेजो पुगेका थिए|

हृदयाघात भएर निधन हुन सक्ने अनुमान अस्पतालले गरेकाे छ भने मधुमेहको मात्रा पनि उच्च देखिएको जनाईएको छ ।

नेपालमा रहेका परिवारसँगको समन्वयमा मृतकको पार्थिव शरिरलाई सकेसम्म छिटो नेपाल पठाउने तयारी गरीएको गैरअावासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पाेर्तुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो ।

सब पठाउन खर्चिलो हुने भएकोले सबै नेपाली समुदाय वा सरोकारवाला तथा सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग को लागी आग्रह समेत गरिएको एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदीले बताउनु भयो । यो अभियान मा साथ दिनको निम्ति तमु समाज पोर्चुगल, चितवन समाज पोर्चुगल र गैरआवासीय युकेका उपाध्यक्ष सुनील बाबु खड्का को नेतृत्व मा तमु धिं युकेबाट पनि आर्थिक संकलन भईरहेको महासचिव सुवेदीले बताउनु भयो ।
निधन भएका गुरुङकाे श्रीमति र छाेरी नेपालमा छन्|

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - ०४:१२:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend