Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

खोज्दैछु तैपनि. - माया बराल

खोज्दैछु तैपनि. - माया बराल

नेप्लिज डायस्पोरा

३१, चैत्र २०७७
images
खोज्दैछु तैपनि. - माया बराल

भावना जस्तो अमर के छ त ? खोज्दैछु तैपनि
अथाह ! भाव संचित गर्छु कठिनले मैपनि

पोखुत भने अनन्त भाव बालुवा मै खस्छनी
नपोखू भने यो आत्मिक किरण चर्केर खोच्छनि !

यै दुबिधामा समाधि मग्न बन्दछु तैपनि
भावना जस्तो अमर मैले भेटिन कही पनि !

सहस्र् भाव कसरी धान्छ यो आत्मिक बन्धन
त्यो भन्दा अझ हलुको हुन्छ यो दिलको बन्धन

यो कुन्ठित भावले जीवन भरी बाधीन्छु तैपनि
हिर्दय जस्तो मधुर मैले देखिन कही पनि !!

आत्माले भन्दा अजरअमर भाव के देख्न सक्छु र
भावले भन्दा कलमले बढी के लेख्न सक्छु र

आमराबती शुन्यमा रचन खोज्दैछु तैपनि
भावना जस्तो जिवन्त मैले भेटिन केही पनि !!!

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - २०:४७:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend