Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

"यो पटक पनि पहिला झैँ सबैभन्दा बढी मत ल्याएर चुनाव जित्छु" -कृष्णजीवि पन्थ

"यो पटक पनि पहिला झैँ सबैभन्दा बढी मत ल्याएर चुनाव जित्छु" -कृष्णजीवि पन्थ

नेप्लिज डायस्पोरा

१, बैशाख २०७८
images
"यो पटक पनि पहिला झैँ सबैभन्दा बढी मत ल्याएर चुनाव जित्छु" -कृष्णजीवि पन्थ

एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका कृष्णजीवि पन्थ अहिले विभिन्न राज्यहरुमा हिडिरहेका छन। उनले यी घुमाईहरुमा आफूले विगतमा गरेका कामहरु बताउने गरेका छन् । साथै, आउँदो निर्वाचनका लागि मत पनि माग्दैछन्।

गृहराज्य मेरिल्याण्डबाट शुरु भएको पन्थको चुनावी अभियानको रौनक क्यालिफोर्नियाको सान फ्रान्सिस्को, टेक्सासको ह्युस्टन र डालस र नर्थ क्यारोलिना पुगिसकेका छ। अघिल्लो हप्ता मात्र नेभाड़ाको भेगसमा व्यापक छलफलपछि हौसिएका कृष्णजीवि यो हप्ता भर्जिनिया र मेरिल्याण्डमा दुई वटा बृहत कार्यक्रममा सहभागी हुदैछन। अप्रिल २४ मा न्यु योर्क र मे १ तारिख कोलोराडोसम्मको कार्यक्रम तालिका तय भईसकेको छ।

उमेद्वारी घोषणासंगै पन्थ विभिन्न राज्यहरुमा पुगिसकेका छन । सदस्यता निर्वाचमा उमेद्वारी “हरेक राज्यमा न्यानो आतिथ्यता र अडिलो भरोषा पाएको छु । “पन्थले नेप्लिज डायस्पोरासंग भने । उनले थपे, “सदस्यहरु एनआरएनएमा नयां शैली र ढंग खोजिरहेका छन । परिवर्तन खोजिरहेका छन । म त्यसको फुल प्याकेज हुं ।”

हाल उपाध्यक्ष रहेका पन्थको उमेद्वारीले अमेरिकाका एनआरएनए सदस्यहरुमा खुशीयाली छाएको छ । गत निर्वाचनमा पन्थले सबैभन्दा बढि मत ल्याएका कृष्णजीविको उमेद्वारीले फेरी चर्चा पाएको छ। एकातर्फ एनआरएनए वृत्तमा चर्चा यो छ कि उनि फेरी अत्यधिक मत ल्याएर विजयी हुनेछन। अर्कोतर्फ कृष्णजीवि स्वयंका लागि यो प्रेसरको कुरा छ कि उनले त्यही अनुपातमा मत ल्याउन सक्छन कि सक्दैनन् ।

यस बिषयमा पन्थ ठोकुवाका साथ भन्छन, "यो पटक पनि पहिला झैँ सबैभन्दा बढी मत ल्याएर चुनाव जित्छु।"

नेप्लिज डायस्पोराले पन्थसंग यसको कारण सोध्दा उनी भन्छन, "मेरो पुरानो सम्पर्क सम्बन्ध यथावत नै छ, अहिले मेरो जिम्मेवारी र कामका कारण अरु धेरै साथीहरुसंग जोडिन पाएको छु।"

लामो समय एनआरएनए अभियानमा लागेका पन्थले आफूले एनआरएनएलाई साधारण सदस्यहरुको पहुंचमा लैजान विगतमा प्रयास गरेको र अझै पनि सक्रिय रहने बताए ।

अमेरिकामा विधानसम्मत बसेका सबै नेपाली संस्थाको सदस्य नि:शुल्क बन्न पाउनु पर्छ आफ्नो एजेण्डा रहेको पन्थको भनाई थियो । “सदस्यता वितरण प्रक्रिया झनझटिलो र अपारदर्शी छ । भोटिंग प्रक्रिया पनि त्यस्तै छ । म यसलाई सुधार गर्न चाहन्छु।" पन्थले भने ।

नेपालको तनहुं जिल्लामा जन्मिएका पन्थ १२ बर्षदेखि अमेरिकामा छन । बाल्यकालदेखि नै सामाजिक सेवामा रुची भएका पन्थले कलेज जीवनका क्रममै गाउँका विभिन्न सामाजिक काममा सक्रिय रहने गर्थे ।

अमेरिका आएपछि पनि पन्थको मन सामाजिक सेवाबाट टाढा रहन सकेन । फलस्वरुप उनी यहांका नेपाली संस्थाहरुमा सक्रिय हुन शुरु गरे । उनी मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरको ट्रष्टी र सामाजिक संस्था बानाका सल्लाहकार अनि ट्रष्टि हुन। मेरिल्याण्ड बाहिरका नेपाली संस्थाहरुलाई पनि पन्थले सहयोग गर्दै आएका छन्। नेपालमा पनि उनले गरेका सामाजिक क्रियाकलाप र सहयोगको फेहरिस्त लामो छ।

नेपालदेखि मेरिल्याण्ड र मेरिल्याण्डबाट अमेरिकाभरी झाङ्गिएको कृष्णजीवि पन्थको सामाजिक कर्म अब संसार छाउने क्रममा छ। पन्थको यात्रा यसरी नै जारी रहे उनको एनआरएनएमा आइसीसीसम्म गन्तब्यलाई कसैले तगारो लगाउन सक्ने देखिदैन। प्रवासका हरेक सामाजिक गतिविधिमा सक्रिय हुने कृष्णजीवि पन्थको सहयोगीपन र लोकप्रियता कृष्णजीविलाई एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा सहजै विजयी हुन् सहयोगी हुने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ०२:०३:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend