Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रवासी नेपाली एकता मंच यूरोपका सबै देशका अध्यक्षहरु संस्थापन पक्षमै

प्रवासी नेपाली एकता मंच यूरोपका सबै देशका अध्यक्षहरु संस्थापन पक्षमै

नेप्लिज डायस्पोरा

१, बैशाख २०७८
images
प्रवासी नेपाली एकता मंच यूरोपका सबै देशका अध्यक्षहरु संस्थापन पक्षमै

 

शान्ति अर्याल अधिकारी 
लिस्वन, पोर्चुगल

प्रवासी नेपाली एकता मंच यूरोपका सबै देशका अध्यक्षहरुले १३ अप्रिल २०२१ मा एक बिज्ञप्ति प्रकाशित गरेर आफुहरु संस्थापनसंगै रहेको बताएका छन्। नेकपाको माधव नेपाल र झलनाथ खनाल समुहले युरोपमा समानान्तर कमिटि गठन गरेको सार्बजनिक हुने बित्तिकै युरोपका सबै अध्यक्षजरु एक ठाउँमा आएका हुन्।

युरोपका १९ देशका अध्यक्षहरुद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै

हाम्रो गौरवशाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा कारबाही गरिएका केही कथित नेताहरुले हालै पार्टीको प्रवास कमिटी, प्रवासी नेपाली एकता मंचको नामको दुरुपयोग गर्दै यूरोपका केही देशहरुमा समानान्तर कमिटी निर्माण गरेको भनी विभिन्न अनलाइन संचार माध्यमहरुमा आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सिंगो राष्ट्र र पार्टी पंक्तिको हित विपरित मुठ्ठीभर समूहले विभिन्न समयमा शृंखलावद्ध वितण्डा मच्चाउने घृणित कार्यको निरन्तरताकै रुपमा प्रवासमा पनि सम्बन्धित साथीहरुको जानकारी र सहमति विना कथित कमिटीहरुमा नाम समावेश गरी अवैधानिक एवं निर्लज्ज ढंगले अघि बढ्ने जुन कुचेष्टा गरेको छ, त्यसको हामी घोर भर्त्सना गर्दछौं। यसरी अनधिकृत तवरले कथित कमिटीमा नाम समावेश गरिएको प्रति हालसम्ममा धेरै साथीहरुले खण्डन गरि सक्नुभएको छ भने थप साथीहरुको खण्डन आउने क्रम जारी छ।

मुलुकका सम्माननीय प्रधानमन्त्री तथा हाम्रा श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले अघि सार्नुभएको नेपाली जनताको साझा अकाङक्षा "समृद्ध नेपाल, सुखी नेपाली" नारालाई साकार पार्न हामी आम कार्यकर्ता गतिशील एवं जुझारु भै आ-आफ्नो स्थानबाट योगदान पुर्याउनु अहिलेको आवश्यकता हो। पार्टी केन्द्रको विधान र पद्धतिलाई मिचेर आम कार्यकर्ताको भावना विपरित यस्ता अनर्गल प्रचारवाजीमा लागेका झुण्डहरुको भ्रममा कोही पनि साथीहरु नपर्न यसै विज्ञप्ति मार्फत हार्दिक अपिल गर्दछौं।


जब मानिसमा विचार र दृष्टिको शुन्यता आउँछ, तब उच्छृङ्खल कार्यमा अग्रसर हुन्छ। पार्टी भन्दा पद, आम नागरिकको चिन्ता भन्दा आफ्नो भलोलाई प्राथमिकता दिई सिंगो देश र पार्टीलाई भड्खालोमा हाल्न वहाँहरुको पछिल्ला हर्कतहरुले यो भनाईलाई पुष्टि गर्दछ। अत: बाटो बिराएका मित्रहरुलाई समयमै सच्चिनका लागि निर्देशन दिनुका साथै भविष्यमा पनि पार्टी विधान विपरितका यस्तै क्रियाकलापलाई निरन्तरता दिएको पाइएमा विधान वमोजिम कारबाही हुने व्यहोरा यसै विज्ञप्तिमार्फत सचेत गराउँदछौं।


प्रवासी नेपाली एकता मंच यूरोपका सबै देशका अध्यक्षहरु:
१) भक्त गुरुङ (अध्यक्षः अन्तर्राष्ट्रिय कमिटी तथा राष्ट्रिय कमिटी, बेलायत)
२) भक्त बहादुर वाग्ले (फ्रान्स)
३) चन्द्रकान्त आचार्य (जर्मनी)
४) हेम शेर्पा (स्पेन)
५) बोधराज पौडेल (बेल्जियम)
६) कोमल पौडेल (फिनल्याण्ड)
७) मदन लिम्बु (पोर्तुगल)
८) प्रेमकाजी गुरुङ (नेदरल्यान्ड्स)
९) विश्वास बजगाईं (नर्वे)
१०) शिव चापागाई (डेनमार्क)
११) चिरन्जीवी खरेल (स्वीडेन)
१२) डा .बिमला भण्डारी (रसिया)
१३) धर्मराज पाण्डे (इटली)
१४) जंग अधिकारी (आयरल्याण्ड)
१५) ददिराम नेपाल (अष्ट्रिया)
१६) बिक्रम के. सी. (स्वीट्जर्ल्याण्ड)
१७) उत्तम आचार्य (चेक रिपब्लिक)
१८) टंक कटुवाल (पोल्याण्ड)
१९) लोकराज रोका मगर (साइप्रस)

2.jpg

 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १६:५१:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend