Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नयाँ बर्षको रेजलुसन ! -सतीश त्रिपाठी

नयाँ बर्षको रेजलुसन ! -सतीश त्रिपाठी

नेप्लिज डायस्पोरा

१, बैशाख २०७८
images
नयाँ बर्षको रेजलुसन ! -सतीश त्रिपाठी


आज सधैं जस्तो एक घाम अस्ताएको छ
भोली सधैं जस्तो अर्को बिहान हुनेछ
उसै गरी बासेका छन आज चराहरु
शायद उसै गरी बास्छ भाले भोली पनि
उसै गरी घुम्नेछ घडीको सुइ
बद्लिएको छ त केबल
लोभ गरेर साचेर राखेको बोतलमा रक्सीको लेबल
अनी, भित्ताको क्यालेन्डर !!!


शायद,
उसै गरी चल्लान मेरा दैनिकीहरु
तुहिएला यस बर्षको रेजलुसन पनि
मेलम्ची-सपना जस्तै
काले मिजारको कछाड फेर्ने सपना जस्तो
अधुरै रहला कैयन रहरहरु!
तैपनी मन फेरी भन्छ
जगाउ आशाका नयाँ दिपहरु
सल्काउ मन भित्र उत्साहका नयाँ ज्वालाहरु
र भर,
नयाँ बर्षको सिउदो
नयाँ बाचा, प्रतिज्ञाहरुले !!!

सक्छौँ ! समाज बदलौं , राष्ट्र बदलौं
सक्दैनौं ! आफु बदलिने प्रयास गरौं
यहाँ एक सरो लुगा नहुने कैयौं छन
एक छाक मिठो खान नपाउने धेरै छन
सक्छौँ ! आफुले एक थान लुगा कम किनौं
आफ्ना परीकारहरुबाट एउटा ‘डिस’ कम् गरौं
आउनुहोस् यसपाली एउटा यस्तो 'रेजलुसन' गरौं
एक छाक खाने र एक सरो लाउन खोज्नेहरुको 'रेजलुसन' पुरा गरौं !!!

 

धादिंग, नेपाल

हाल: टेक्सास, अमेरिका

 

 

सतीश चापागाईंको चर्चित कविता 'विमानस्थलमा बा' हेर्नुहोस

 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १७:२५:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend