Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत

अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत

नेप्लिज डायस्पोरा

६, बैशाख २०७८
images
अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत

 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय महिला समितिको आयोजनामा १११ औं अन्तराष्ट्रिय नारी दिवसको
उपलक्ष्य पारी, समितिले विश्व महिला खुल्ला कविता प्रतियोगित्मक कार्यक्रम आयोजना गरीएको र उक्त कार्यक्रमको लागि-“महिला जिवनमा आधारित “ बिषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगिहरू वाचन कार्यक्रम अप्रैल १८, आईतबार सम्पन्न भयो।
कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नु भएको र कार्यक्रम शुरूमा वहॅाले कार्यक्रम माथी महत्व दिदै “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताअनुभयो।

संयोजक निर्दोषीले बताउनुभयो , ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नै समाजका मेरूदन्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूकाे अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक पनि हुन् । त्यसैले यस्ता प्रतियोगिताहरू समय*समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोडदीनुभयो।
कार्यक्रममा संसारभरिबाट कवयित्रीहरूले सहभागिता रहेको थियो। प्रतियोगि सष्टाका वाचन र सृजनाहरूले शभा नै स्तव्ध भएकोथियो। “महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैन्गीक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथी जोडदार दिईएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच र ज़्यादती, ब्यवहर, क़ानून, पुलिस, प्रसासन , सरकार, व्यवस्थापनको परिवर्तन कुराहरू विभिन्न छन्द र गध्य रचना सुनाईएका थिए! प्रतियोगि सष्टाहरू तीनवटा माहादेशका र बिभिन्न सामाजिक, आर्थिक , शैक्षिक क्षेत्रहरूबाट र पेशाहरूका हनुहन्थ्यो ।

साथै कार्यक्रममा बिभीन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रष्टिकाअधिकांश व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरूज्यू हरू समेतको गरी ठूलो सहभागिता रहेको थियो।

बोर्ड अफ ट्रष्टिकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रिय अध्यक्ष प्रकाश माइला पौडेल ज्युले शुभकामना सन्देश दिदै र कार्यक्रमको अति सरणी गर्नुभएकोथियो। साथै कार्यक्रममा बोर्ड अफ ट्रष्टिका दोव्य उपाअध्यहरू- पुरू सुवेदी र पदम बिश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएकोथियो ।

वाचन पछि , छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयहरलसुनाइएको थियो र पुरस्कृत कल्पना तामाङ -अमेरिका, उत्तरअमेरिका (प्रथम, ५०० डलर ) , विन्दा पराजुली , जापान, एसीया (द्वितीय, ३०० डलर) र विष्णुमाया विभू - नर्वे ,यूरोप (तृतीय, २००) लाई निर्णय सुनाई हार्दिक वधाई ज्ञापन गरिएको थियो! कार्यक्रमा पुरस्कार दाताहरूको पनि उपस्थित थियो।

कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नुभएको थियो र समापन अनेसासका माहासचीब सवज्ञ वाग्ले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू , पुरस्कारको रक़म सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नुभएकोथियो।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - २३:१४:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend