एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा उमेद्वार भएका आशालाग्दा युवाको नाम हो - रन्जन थापा। थापा अहिले अमेरिकाको बोष्टनमा बस्दै आउनु भएको छ। बोस्टनबासी नेपालीका लागि अति नै प्रिय ब्यक्ति हुनुहुन्छ रन्जन थापा । बोष्टनका हरेक सामाजिक काममा रन्जनको सक्रियता देख्न पाईन्छ।
"म युवाहरुको प्रतिनिधि पात्रको रुपमा आफुलाई खडा गर्न प्रयासमा छु।" थापाले आफ्नो उमेद्वारी दर्ता गरेपछी नेप्लिज डायस्पोरासंग कुरा गर्दै भन्नुभयो।
"एनआरएनएको अभियानलाई मैले अवसर भन्दापनि आवस्यकताको रुपमा लिएको छु।" थापाले भन्नुभयो।
नेपालमा मकवानपुर जिल्ला हेटौडाबाट अमेरिका आएका थापा २००६ सालदेखि आफ्नो परिवारको साथमा हाल म्यासचुसेटको बोस्टनमा बस्दै आउनु भएको छ। थापा बोष्टनका एक युवा ब्यवसायी पनि हुनुहुन्छ। उहाँ ग्रेटर बोस्टन नेपाली कम्युनिटी "(जि.वि.एन.सी.) परिवारको पूर्व बोर्ड सदस्य हुनुहुन्छ।
"पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु-ईङ्ल्याण्ड" PABFONE को स्थापनाकाल देखी नै निरन्तर कार्य गरि हाल वर्तमान कार्य समितिमा सचिब हुनुहुन्छ।
"बोस्टन सप्ताह २०१७" मा उहाँले कोषाध्यक्ष तथा बोस्टन सप्ताह मुलसमितिको ब्यबस्थापन समितिमा बसेर काम गरेको अनुभव पनि छ। उक्त सप्ताहमा १.५ मिलियन डलर आर्थिक सहयोग आम्दानी भएको थियो। उहाँ अहिले पनि उक्त मन्दिरको निर्माणको चरणमा पनि सक्रिय हुनुहुन्छ।
"मैले बिगत लामो समयदेखि बोस्टन म्यासचुसेटमा विभिन्न सामाजिक संघ सस्थामा रहेर सामाजिक कार्यमा हातेमालो गर्दै आफुले सकेसम्म सबैको सुखदुखमा साथ दिदै आइरहेको छु। यो पटक एनआरएनएको प्लेटफर्ममा गएर केहि गरौँ भन्ने लगेर उमेद्वार भएको छु। सबैको सहयोगको अपेक्षा गरेको पनि छु।" रन्जन थापाले भन्नुभयो।
रन्जन थापाले मातृभूमि नेपालको आफ्नो क्षेत्रमा खानेपानी, स्कुल लगायत धार्मिक क्षेत्रमा पनि उलेखनीय सहयोग गर्दै आउनु भएको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको म्यासचुसेट च्याप्टरका वर्तमान सचिव समेत रहेनु भएका थापा भन्नुहुन्छ, "म एक धार्मिक ब्यक्ति पनि हुँ। हाम्रो हिन्दु धर्मले पनि आफ्नो दैनिक जीवनको केहि समय र केहि आम्दानी समाज सेवामा लगाउनु भनेको छ। म त्यही भएर समाजसेवा मार्फत मानव कल्याणमा लाग्न चाहन्छु। मलाई अत्यधिक मत दिएर सहयोग गर्नुहोस।"