Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

यसकारण म डाक्टर बन्जाडेको पक्षमा -डाक्टर कविता खरेल

यसकारण म डाक्टर बन्जाडेको पक्षमा -डाक्टर कविता खरेल

नेप्लिज डायस्पोरा

१८, बैशाख २०७८
images
यसकारण म डाक्टर बन्जाडेको पक्षमा  -डाक्टर कविता खरेल

 

अहिले एनआरएनए अमेरिकाको चुनाबको माहोल छ र धेरै राम्रा राम्रा उम्मेदवारहरु मैदानमा हुनुहुन्छ। अध्यक्ष पदका प्रत्याशी पाँचजना हुनुहुन्छ। सबैको पृष्ठभूमि हेर्ने हो भने उहाहरु सबैजना लामो समयदेखि प्रबासी नेपाली समुदायका हितकालागि क्रियाशील, समाजका विभिन्न क्षेत्रमा योगदान पुराएका सामाजिक अभियन्ताहरु हुनुहुन्छ, सबैलाई मेरो उतिकै सम्मान र नमन छ।

तैपनि मैले देखेको एउटा फरक के छ भने, केहि अभियन्ताहरुको समाजसेवा केहि स्थानीय क्षेत्रमा बाक्लो गरि छाएको छ भने कोइ अभियन्ताको कार्यक्षेत्रले अलि पराकिलो गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ। यसै संदर्बमा केहि समय अगाडी क्यानेडियन विश्व विख्यात नेपाली खाद्य वैज्ञानिक तथा लेखक नारायण घिमिरेको निकै राम्रो लेख पनि प्रकाशित भएको थियो । जुन लेखमा उहाले अध्यक्ष पदका एकजना प्रत्याशी डाक्टर अर्जुन बन्जाडेको उम्मेदवारीलाई सम्पूर्ण अमेरिकी क्षेत्रकै प्रवासी नेपालीहरूको लागि उत्साह र सौभाग्यको कुरा भन्नु भएको छ । वैज्ञानिक घिमिरेले “क्यानडामा रहेका नेपालीहरूमा पनि डा. बन्जाडे जस्तै उम्मेदवार पाउने चाह छ” भनी लेख्नु भएको छ।

वैज्ञानिक/लेखक नारायण घिमिरेले उक्त लेखमा भन्नु भएका थुप्रै कुरामा म पनि सहमत छु । मैले जानेको डाक्टर अर्जुन बन्जाडेको बारेमा मलाई पनि आज केहि कुरा लेख्न मन लाग्यो । नेपालमा स्कूले विद्यार्थी जीवनदेखी नै बन्जाडे सामाजिक कार्यमा लागेको देखिन्छ । तर, यो लेखमा मैले उहाअमेरिका आईसकेपछि मात्रैको कुरा जोडन खोज्दै छु।


समाजसेवाप्रति उहाको लगाब उच्च देखिन्छ । जतिबेला आफै अमेरिकी छात्रवृत्तिको सिमित रकममा तिन जनाको परिवारको गुजारा गर्दै हुनुहुन्थ्यो त्यतिबेला नै उहांले अप्ठेरोमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने गरेको मैले आफैले देखेकी र महशुस गरेकी छु । त्यसैबेला उहाले प्रबासमा नेपाली समुदायबीच एकता र हकहितको लागि जनसम्पर्क समिति अमेरिकाको गठनमा संस्थापक सदस्यको रूपमा संलग्न हुनु भएको थियो । र पछि, २००७ मा त्यही सस्थामाको केन्द्रीय सदस्यमा निर्बाचित भई कोषाध्यक्ष, र एकता अधिवेशन समितिको सदस्य-सचिबको जीम्मेवारी पनि निभाउनु भएको थियो। त्यसपछि पनि उहा विभिन्न सामाजिक सस्था र स्थानिय PTO, यु.एस. नेपाल नीति अनुसन्धान केन्द्र, तथा NRNA अमेरिकाका विभिन्न तहमा निरन्तर क्रियाशील रहेको देखिन्छ। अमेरिकी समाजमा र बिसेषगरि NRNA का प्रमुख पदहरुमा नेपाली प्राज्ञीक र विज्ञहरु संलग्न हुन उदासिन भइरहदा पनि एक स्टेट सरकारमा जागिरे बन्जाडे भने सधै नेपालीहरुका हकहितमा लागिरहनु भयो ।

समाजसेवा धन हुनेले मात्र गर्ने काम हो भन्नेहरुका भीडमा बन्जाडे अपबाद हुनुहुन्छ । पैसा नभएपनि आफ्नो वौद्धिकताको बलमा समुदायका लागि क्रियासिल बन्जाडेको उमेद्वारी सामाजिक सेवाका लागि धन भन्दा नि तन-मन नै आवश्यक हो भन्ने बलिसो संदेश हो । उहाँको विजय भयो भने यो मान्यताले जित्नेछ । यो मान्यता स्थापित गराउन एनआरएनए अमेरिकाका मतदाताको कांधमा महत्वपूर्ण जिम्मेबारी आएको छ । यसरी हेर्दा यो निर्वाचनमा एनआरएन अमेरिकाका सदस्यहरुको पनि परीक्षा भइरहेको छ ।

यता, एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा डक्टर बन्जाडेको अध्यक्ष पदको उम्मेदवारीसंगै उहाँका दुईवटा कुराले चाही मलाई विशेष प्रभाव पारेको छ।

अनुभब र योग्यता: उहां NRNA अमेरिकाका को विभिन्न टास्कफोर्सहरु, बोर्ड अफ डाईरेक्टर र पछिलो समयमा सस्थाको वरिष्ठ उपाध्यक्षको रुपमा सक्रिय सेवा गर्दै आउनु भएकोले उहाले सस्थाको क्षेत्राधिकार राम्रोसंग बुझेको र यसमा रहेका कमजोरीहरु अझै राम्रोसंग पहिचान गर्नु भएको छ। कतिपय ठुला संगठनहरुमा एक कार्यकाल अगिनै President-Elect चुन्ने र तेही President-Elect ले अध्यक्षका हरेक क्रियाकालापलाई नजिकबाट हेर्दै प्रशिक्षण लिने र आउदा दिनका लागि आफुलाई तयार गर्ने गरेको देखिन्छ। तेसैले पनि उहाको NRNA मा निरन्तर र क्रमिक सेवा र वरिष्ठ उपाध्यक्ष जस्तो जिम्मेबार पदको अनुभबले उहालाई सस्थाको केहि सानो विभागको मात्रै जिम्मेवारी समालेका अन्य प्रतिस्पर्धीको तुलनामा अलि बढी तयार गरेको हुनु पर्दछ।

एनआरएनए अमेरिकाको एक उदेश्य भनेको अमेरिकी नेपालीहरूका साझा चासोहरूलाई एकीकृत रूपमा अमेरिकी सरकारसंग मिलेर सम्बोधन गर्ने हो। अमेरिकी विश्वविद्यालयबाट मास्टर्स र पीएचडी सम्मको अध्ययन पुरा गर्नु भएका र हाल एक विश्वविद्यालयमा नीतिनिर्माणको कार्यमा आबध डा बन्जाडेको येही योग्यताले पनि अमेरिकी सरकारपक्षसंग हुने कुनै पनि संवादहरुमा उहाको बर्गैनिंग पावर बढी हुनेछ किनकि अमेरिकामा उच्च शिक्षा, अमेरिकी विश्वविद्यालयको डिग्री, र कामको सम्बद्धतालाई निकै नै ठुलो महत्व र विश्वास दिने गरिन्छ। तेसका साथै उहाको पारिबारिक राजनैतिक पृष्ठभूमि, शिक्षा र कार्यअनुभव, नीतिनिर्माणमा तार्किक बहस गर्न सक्ने क्षमता, बौद्धिक र प्राज्ञीक व्यक्तित्वहरुसंगको संबन्ध र नेटवर्किंग निकै फराकिलो भएकोले उहा अत्यन्त मज़बूत उमेदबारका रुपमा मैदानमा हुनु हुन्छ। यसका साथै, धेरै नेपाली प्राज्ञीक र विज्ञहरुलाई NRNA को अभियानमा जोड्न सक्ने उहा जस्तो बिस्वशिलो पुल अरु सायदै बन्न सक्नु होला।

व्यवहार र आचरण: मलाई अझै मन पर्ने उहाको अर्को बलियो पक्ष भनेको उहाको व्यवहार र आचरण नै हो। डा बन्जाडे अमेरिकी नेपाली समाजमा ईमानदारीता र सरलताको पर्यायवाची नै बन्नु भएको छ। मैले उहालाई शब्दले होइन आफै उदाहरण भनेर नेतृत्व गर्ने नेता भन्ने गरेको छु। “A leader leading by example” भन्ने भनाई बन्जाडेमा लागु हन्छ ।

हालैको NRNA अमेरिकाको चुनाबी प्रचारको अभियानमा निकै तडक भडक देखिन्छ, जुन सस्थाकै भविष्यको लागि पनि ठुलो चिन्ताको विषय हो। चुनाबी कार्यकर्म महँगो हुदै जादा, धेरै इमानदार र सस्थालाई उल्लेखनीय योगदान दिन सक्ने अभियन्ताहरु बजेटकै कारण अभियानमा छोडिदै जान सक्ने खतरा हुनेछ। तर डा बन्जाडेको चुनाबी प्रचारको सैली अन्यको भन्दा बेग्लै देखिन्छ। उहाले चुनानी प्रचारमा तडकभड्कमा विश्वास नगर्ने बताउदै आउनु भएको छ, संचारमाद्यममा पनि उहाका चुनाबी गतिबिधिका समाचार र विज्ञापन देखिदैनन, उहा प्रायोजित समाचार लेखाउनु हुन्न। नजिकका मान्छेहरुका अनुसार उहा आफ्ना चुनाबी फ्ल्यायरहरु पनि व्यावसायिक डिजाइनर नलगाएर घरमै बनाउने गर्नुहुन्छ। उहाका सभा र अन्तर्क्रिया कार्यक्रम पनि साना र व्यक्तिगत छलफलका कार्यक्रमजस्ता देखिनछन्। अहिले त उहा थुप्रै State मा घरदैलो कार्यकर्म लिएर यात्राको क्रममा नै हुनुहुन्छ।


एक सामाजिक अभियाताका लागि बजेट पनि निकै महत्त्वपूर्ण पाटो हो, तरपनि बजेटमा केहि प्रयास गरि कटौती पनि गर्न सकिन्छ। यद्यपि संगठनमा काम गर्ने क्रममा कटौती गर्न नसकिने र कहिलेकाही विनियोजित भन्दा अधिक खर्चिनु पर्ने समय, ज्ञान, अनुभव, इमान्दारीता, धैर्यता, सहिष्णुता उहामा प्रचुर मात्रामा नै छ।

NRNA अमेरिकामा गुट र समुहका कुरा चल्दै गर्दा उहालाई भने कुनै गुटसंग आबद्ध नभई सबैको अपनत्व गराउने नेताको रुपमा हेरिएको छ। तेसैले, डा. बन्जाडे स्वयं एक पाठ हो, उहाबाट NRNA अभियताहरुले सिक्नुपर्ने कुरा धेरै छन् । उहांबाट NRNA अमेरिकाले पाउने कुरा अझै धेरै छन। समग्रमा मैले भन्न खोजेको NRNA अमेरिकाको भाबी अध्यक्ष डा बन्जाडे जस्तै कुसल व्यक्तित्व नै हो । निर्वाचनमा मतदाताले विवेक पुर्याउनु पर्छ ।

चितवन
हाल, केन्टकी अमेरिका |

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - ०४:४९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend