गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२३ को निर्वाचनमा नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष कुलानन्द शर्मा बोर्ड सदस्य पदमा उम्मेदवार भएका छन्।
नेपालको बाग्लुङ्ग जिल्लामा जन्मिएका कुलानन्द शर्माले त्रिचन्द्र क्याम्पसबाट बिएससी र त्रिभुवन बिश्व विद्यालयबाट मास्टर गरेका हुन। बिद्यार्थी हुँदा नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय शर्माले त्रिचन्द्र क्याम्पसमा एकाइमा काम गरेका थिए।
पढाइ सकेर पर्बत जिल्लामा बिज्ञानका शिक्षक र पछि सोहि बिधालयमा प्रधानाध्यापक भएर काम गरे। शिक्षक हुँदा शर्मा नेपाल शिक्षक संघमा सक्रिय थिए। पछि जिल्ला शिक्षा कार्यालयमा Resource person श्रोत व्यक्तिको रुपमा पनि जागिरे भएर काम गरेका हुन् शर्माले।
२०१० मा अमेरिकाको क्यालिफोर्निया आएका शर्मापछि नर्थ क्यारोलिना बसाइ सरे। हाल त्यहाँ आफ्नो ब्यबसाय गर्दै बसेका छन्। हुन त अमेरिकामा पनि शर्मा सामाजिक कार्यमा सक्रिय रहे। नेपाली जनसम्पर्क समिति अमेरिकाको २०१४ देखि नर्थ क्यारोलिना च्याप्टर महासचिवको जिम्मेवारीमा रहेर काम गरे।
२०१५ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेका शर्मा अहिले भने आजीवन सदस्य हुन्। २०१९-२०२१ को लागि नर्थ क्यारोलिना राज्य च्याप्टर अध्यक्ष रहेका शर्मा यो पटक बुद्धि सागर सुबेदीको संयोजनमा बनाइएको केन्द्रिय मेम्बर्शिप ड्राइभ कमिटीमा रहेर काम गरेका थिए भने । नर्थ कारोलाईना च्याप्टर अध्यक्षको रुपमा रहदां उनको नेतृत्वमा covid-19 को माहामारीको बेला धेरै नेपालीहरु लाई सहयोग, blood drive program र नेपालमा समेत दुःखमा रहेका नेपाली लाई न्यानो लुगा वितरण जस्ता धेरै सामाजिक कार्य गरिसकेका छन्।
२०१९ मा अमेरिकाको एनआरएनए विश्व सम्मेलन तथा महाधिवेशनमा काठमाण्डौ पनि सहभागि भएका थिए । यो पटक चाहिं केन्द्रिय बोर्ड सदस्यको लागि उम्मेदवार भएका छन्। सामाजिक कार्यमा दृढ इच्छाशक्ति आफु यस अभियानमा लागि रहने कुरा उनले हामीसंग बताएका छन् ।