Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

देश जलेको (बेला कविता) -भेषराज रिजाल

देश जलेको (बेला कविता) -भेषराज रिजाल

नेप्लिज डायस्पोरा

३०, बैशाख २०७८
images
देश जलेको (बेला कविता) -भेषराज रिजाल

 

खोजेकी छौ माया
थाहा छ ।
देश जलेको बेला
मन दुखेको बेला
सारा आक्रान्तको बेला
अनि निकासको बेला
पख न म आउदै छु
हिर्दय भरी मायाका
छाल बोकेर
तिमीलाई अन्तरकरणमा लुकाउन ।।।

यो चाप, टापबाट मुक्त गर्नु छ देश
युद्दको मैदानमा छु
साहास र उत्प्रेरणाले जित्नु छ
अनि फुलाउनु , फलाउनु छ मातृभूमीलाई
पख न म आउदैछु
तिमीलाई अन्तरकरणमा लुकाउन ।।

फुलेका बेली चमेली अनी गुरास
लहलह झुलेका बालीहरुमा
जीबनका उन्मादहरु पोख्न
पख न म आउदै छु ।।।

(अहिलेको बिषम परिस्थितीमा देश र जनताका खातिर युद्द मैदानमा रहेका सम्पूर्ण वहादुर स्बास्थकर्मी र सुरक्षाकर्मीका परिबारमा समर्पित।)

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:१९:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend