Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डाक्टर उत्तम गौली अब प्रोफेसर

डाक्टर उत्तम गौली अब प्रोफेसर

images
डाक्टर उत्तम गौली अब प्रोफेसर

 

नेपालको उच्चशिक्षालाई आफ्नो अध्ययनको विषय बनाएर ब्रेन गेन सेन्टरको अवधारणा स्थापित गरेका प्राध्यापक डाक्टर उत्तम गौली प्रोफेसरमा बढुवा भएका छन्। गौली स्टार स्कलर्स नेटवर्क नामक विद्वानहरुको विश्वव्यापी संजालको अध्यक्ष हुन। उक्त संजालमा ११५ देशका २,३५३ विश्वविद्यालयका १५,००० बढ़ी सदस्य छन।

अमेरिकामा र संसारका प्राज्ञिक विश्लेषक एबम बौद्धिक व्यक्तित्वको रुपमा चिनिएका डाक्टर गौलीले हाल अमेरिकाको मेरिल्याण्ड राज्यस्थित मोर्गन स्टेट यूनिवभर्सिटीमा प्राध्यापन गर्दछन।

आफ्ना प्राध्यापकको बढुवाको खुशीमा उनका बिद्यार्थी तथा एक बंगलादेशी शोधकर्ता सरीफ उददीनले आफुले गर्व गरेको भन्दै सामाजिक संजालमा आफ्नो खुशी यसरी व्यक्त गरे:

My Pride! I am so delighted to share that my mentor, Dr. Gaulee, had been promoted to full professor at Morgan State University. Congratulations, Dr. Gaulee! I am proud and inspired by your incredible success. You are empowering me every day!

सन २०१० मा अंग्रेज़ी भाषा शिक्षकहरुको अन्तर्राष्ट्रीय सम्मेलन सुर्खेतमा सम्पन्न गराएर सुर्ख़ेतको सामाजिक, सांस्कृतिक, र ऐतिहासिक परीचय विश्वमा फैलाउने गौली नेपालमा त लोकप्रिय थिए नै, अमेरिकी समुदायमा पनि उत्तिकै रिजेभिजेका छन। मेरी जोर्डन नामक एक अमेरिकी महीलाको सन्देश यस्तो छ -

“He’s so amazing! 🌟🌟🌟 And I know his wonderful and supportive family shares in the credit and the joy ! Very happy for all of you ❤️”


उहॉंको पदोन्नति को खबरलाई सामाजिक संजालबाटै स्वागत गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले गौली जस्ता विद्वानहरुको नेपालमा आवश्यकता रहेको विचार यसरी व्यक्त गरे -

“प्राध्यापक पदमा पदोन्नति हुनुभएकोमा मित्र डाक्टर गौलीलाई हार्दिक बधाई ! उच्चशिक्षा को गुणस्तरमा सुधार र प्रतिस्पर्धी जिवन उपयोगी शिक्षा प्रदान गर्न तपाईको आवस्यक्ता स्वदेशमा छ, मातृभूमि को सेवाको लागि आउनुस , राज्यले तपाईको मुलल्याङ्कन गर्नुपर्छ।”

प्रवासी नेपाली भएर पनि अमेरिकी राजनीतिको दायरामा उदाएका मेरील्याण्डका सॉंसद ह्यारी भण्डारीले गौलीको पदोन्नतिको स्वागत गर्दै भन्दछन: “तपाईंको समर्पण, विद्वता, र वैचारिक नेतृत्वले अन्ततः मान्यता प्राप्त गरेको छ। तपाईं लामो समयदेखि मेरो लागि प्रेरणा हुनुहुन्छ, र यस्तो भन्ने म एक्लो छैन। म मेरो आफ्नो लागी र हाम्रो डायस्पोरा समुदायको लागी तपाईंबाट निरन्तर प्राप्त प्रेमल छहारी र विद्वत मार्गदर्शनको लागी यहॉंको प्रशंसा गर्दछु।"

गौलीका अनुसन्धान एजेन्डाले अन्तर्राष्ट्रिय उच्च शिक्षा प्रणाली, प्रवासी अध्ययन, शिक्षा नीति, अन्तर्राष्ट्रिय नागरिकता, र अन्तर्राष्ट्रिय विकास र भू-राजनीतिमा क्रस-सांस्कृतिक मुद्दाहरूमा अन्तःविषय दृष्टिकोणलाई प्रतिच्छेदन गर्दछ। मोर्गन स्टेट युनिभर्सिटीमा कम्युनिटी कलेज लीडरशिप डक्टरल प्रोग्राममा प्राध्यापक रहेका डा. गौली संयुक्त राज्य अमेरिका र बाहिरको सामाजिक प्रगति र आर्थिक विकासको लागि एक वाहनको रूपमा सामुदायिक कलेजको वकालत गर्नुहुन्छ ।

नेपालको आर्थिक विकासको विषयमा पनि अत्यन्तै संवेदनशीलताका साथ अहोरात्र खट्ने गौलीले पछिल्लो समय एमसीसी परियोजना सम्बन्धमा रहेका भ्रम चीर्नको लागी निकै समय खर्चीनुभएको छ। हाल नेपालमा विवादास्पद बन्दै गरेको यो परियोजना नेपालको लागी चौतर्फि रुपमा लाभदायको भएको डा. गौलीले बताऊँदै आउनुभएको छ।

 

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ०५:४८:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend