Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एउटा भोट मलाई दिनुस खेर जादैन -किशोर रेग्मी

एउटा भोट मलाई दिनुस खेर जादैन -किशोर रेग्मी

images
एउटा भोट मलाई दिनुस खेर जादैन -किशोर रेग्मी


एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा उठेका एक होनहार उमेद्वार हुन किशोर रेग्मी । पोखरादेखि अमेरिकासम्मको झण्डै १६ बर्ष लामो विदेशको बसाईका क्रममा रेग्मीसंग यो संस्थालाई समृद्ध बनाउने सपना मात्र होईन स्पष्ट योजना पनि छ ।

रेग्मी सन २००४ सम्ममा साईप्रमा थिए । जहां एनआरएनएका संस्थापकहरु उपेन्द्र महतो र जीवा लामिछानेसंग संगत गरेर एनआरएनएलाई नजिकबाट बुझ्ने मौका पाए । साईप्रमा हुदादेखि नै एनआरएनएप्रति लगाब र झुकाब भएका ब्यक्ति रेगमी अब भने सक्रिय रुपमा संस्थामा लाग्ने सोंचमा छन । “पर्दा पछाडीबाट धेरै सहयोग गरियो । अब आफै अगाडी आएर सेवा, सहयोग र समृद्धिको यात्रा तय गर्न शुरु गर्दैछु ।” रेग्मीले नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईसंगको कुराकानीका क्रममा बताए ।

अमेरिका आएपछि रेग्मी केही समय आफ्नै वृत्ति विकासमा लागेपनि फुर्सदमा उनी नेपालीका कार्यक्रमहरुमा र सामाजिक काममा सधै सक्रिय रहे । २००५ मा अमेरिका आएका रेग्मी मेरिल्याण्ड केही समय बिताए र लामो समयदेखि न्युयोर्कमा बसोबीस गर्दै आएका छन । अमेरिकाको मिनेसोटा राज्यको एक विश्वविद्यालयबाट स्नातक गरेका किशोर अहिले न्युयोर्कमा ब्यबसायिक र सामाजिक रुपमा सक्रिय छन्। उनि बिशेष गरी यहाँका युवा, बिद्यार्थी र खेलाडीहरु माझ परिचित छन्। बहुभाषी क्षमताका रेग्मी स्ट्रान्सक्रिप्ट गर्न र अनुवाद गर्न मद्दत चाहिने विभिन्न व्यक्तिहरूलाइ सहयोग पनि गर्दछन।

उपाध्यक्ष पदमा उठेका रेग्मी कुनै एउटा टीमसंग नजिक हुन् रुचाउदैनन। उनि भन्छन, "म प्यानलमा उठेर समाजसेवा गर्न चाहन्न। यो त राजनीति जस्तो भयो।" उनको बुझाईमा सबै राम्रा मान्छे एउटा टीममा मात्र हुदैनन्। मतदाताहरुले रिसर्च गरेर जो जो राम्रो छ त्यसैलाई मत दिन्छन भन्ने रेग्मीको विश्वास छ र उनि कुनै एउटा टीममा छैनन् ।

एनआरएनएमा सदस्यता वृद्धि गर्ने र युवाहरुलाई संस्थामा आकर्षित गर्ने उनको मुख्य योजना छ। स्वतन्त्र उमेद्वारी दिएका र संस्थालाई स्वतन्त्र बनाउने योजना भएका किशोरको उमेद्वारीबाट संस्थालाई राजनीतिभन्दा टाढा राख्नुपर्छ भन्नेहरु खुशी भएका छन्। "मलाई प्यानल मन नपराउने स्वतन्त्र मतदाताहरुले आफै फोन गरेर भोट दिन्छु भन्नु भएको छ। म उत्साही भएको छु।" किशोरले भने।

कुराकानीकै क्रममा किशोरले नेप्लिज डायस्पोरा मार्फत एउटा अनुरोध गरे, "चार जना उपाध्यक्षलाई भोट दिने तपाईको अधिकार छ। एउटा भोट मलाई दिनुस खेर जादैन।"

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - २०:१८:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend