एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उठेका बिक्रम केसी यतिबेला सबैसंग भोट माग्नमा ब्यस्त छन र आफु विजयी हुने कुरामा बिश्वस्त छन्। केसी भन्छन, "अमेरिकामा मतदाताहरु सबै सचेत हुनुहुन्छ। उहाँहरुले उमेद्वारको बिगतका काम र आगामी दिनमा उसको क्षमता हेरेर मत दिनुहुनेछ भन्ने मलाई लागेको छ।"
उनी भन्छन “धेरैलाई सम्पर्क गर्न सकेको छैन तर कुन उमेद्वार कस्तो छ भनेर सोधखोज गर्नुहुनेछ र मलाई मत दिनुहुनेछ भन्ने विश्वास छ ।”
पेशाले बिक्रम सिपीए हुन्। सिपीएका रुपमा उनले न्युयोर्क र मेरिल्याण्डमा ब्यबसायिक छबि बनाएका छन्। "मैले काम गरेको छु। आफु बसेको समाजमा मैले मेरो सिपले ब्यबसायिक सहयोग गरेको छु।" बिक्रमले भने। बिक्रमले न्युयोर्कदेखि मेरिल्याण्डसम्मका हरेक तहका नेपालीहरुलाई ब्यबसायिक सहयोग गर्दै आएका छन्। बिशेष गरी राज्य तहबाट नागरिक र ब्यापारीहरुले पाउने छुट र सुविधाका बारेमा बेला बेलामा मिडियामा आएर जानकारी दिने गरेका छन्। उक्त कामको यहाँका नेपालीहरुले प्रशंशा गर्दछन।
न्युयोर्कदेखि मेरिल्याण्डसम्म ब्यबसायिक सम्बन्ध बढाएका बिक्रम केसी अमेरिकामा आएर यहीको डिग्री हासिल गरेर प्रगति गर्ने एक मेहेनती युवा हुन्। १८ बर्षको उमेरमा अमेरिका आएका बिक्रमलाई नजिकबाट चिन्ने नेपाली युवाहरुले रोल मोडलका रुपमा लिने गरेका छन्। कम बोल्ने र धेरै काम गर्ने ब्यक्तिका रुपमा परिचित बिक्रम चुनावी माहौलमा धेरै हल्लाखल्ला गरेका पनि छैनन्। भन्छन, "अमेरिकामा रहेका मतदाताले विवेक प्रयोग गर्छन भन्नेमा पूर्ण विश्वस्त छु।"
एनआरएनएलाई बिक्रम केसीले चिनेको धेरै भयो तर आफुजस्ता युवाको आकर्षण यो संस्थामा नदेख्दा उनी आफै यहाँ लागेर युवाहरुलाई समाहित गर्न चाहेको बताउछन। एनआरएनए मार्फत अमेरिकामा रहेका नेपालीहरुको आर्थिक समृध्दीमा धेरै काम गर्न सकिने बिक्रम केसीको विश्वास छ। केहि गर्छु भनेर स्वतस्फुर्त संस्थामा आएका यस्ता युवालाई एक मत दिनु पर्ने धेरैको धारणा पनि छ।
नेप्लिज डायस्पोरासंगको कुराकानीमा बिक्रमले भने, "म एक युवा हुँ। केहि गर्ने अठोट छ। एक भोट दिनुहोस।”