२०३८ साल । असार महिनामा राष्ट्रिय जनगणना हुँदै थियो । जेठको २४/२५ तिर हनगादिका साथी माधब घिमिरे आफ्नी फुपैकहां आएछन र हामिलाइ खबर पठाए ।
हाम्रो माधब सुपर बैदार भएर आछ, तिमरलाइ भेट्न खोज्याछ । जाओ गरे - भनेर एउटि आमाले खबर ल्याउनु भो । म, राम प्रसाद खनाल र नयन राज नेपाल(बद्री दाइ) भेट्न गएम् ।
माधब जनगणना को सुपरभाइजर भएका रैछन र हामिलाइ गणकमा राख्न खोजेका रैछ्न् ।
- हेर, मान्छे नपाएर हैन, तिमरलाइ जागिर ख्वाम भनेर हो । १०/१२ दिन काम गरेपछी दुई, ढाइ सय तलब आउछ । खर्दारले मैनामा कमाउने त्यत्ती हो । काम सजिलो छ । एउटा फारममा मान्छेका नाम, उमेर यस्तै- यस्तै भर्ने हो, भने।
हामी राजी भैहालियो । त्यत्रो दुई, ढाइ सय कमाउने काम कहाँ छोड्नु। आफ्नो गोजिमा सय भन्दा ठूलो नोठ कहिले परेकै थिएन।
भोलिपल्ट सामान्य तालिम लिएम् । अनि तानसेन गएर झोला र फारमका ठेली बोकेर आइयो र असार लाएपछि काम शुरु गरिहालियो।
असारको घाम, खाइ नखाइ खुप डुलियो । दु:ख त पाइयो । तरपनि गोजामा नोट घुसार्ने कुरा सम्झिदै गड्केर हिँडियो।
बल्ल, बल्ल काम सकियो । तथ्यांक मिलाएर भएभरका ठेली झोलामा बोकेर तानसेन गएम्। मेरो डेरा थियो, त्यही बसियो।
अफिसमा लगेर बुझाउदा धेरै कुरा मिलेन, तर पनि हाकिम गतिला रैछन । आफैले मिलाइदिए । एकजनाको फारम भरेको बीस पैसाका दरले हिसाब गर्दा रु ५२०/- नगद बुझियो । एउटाको भागमा रु २६०/- पर्यो ।
ओहो! अब कलाइ गन्ने हो ! आफू त सम्पतिवाल कुबेर जस्तै भैयो नि । गोजाभरी पैसा छ। इलामे दाइकहां गएर मिसमास, टोस्ट र चिया रन्काइयो । रामु घर फर्कियो । म कोठातिर लागेँ ।
पैसाले पोल्न थाल्यो, के के किनम् त भनेर सोँच्दा थुप्रै पो निस्के त किन्ने चिज ।
भोलिपल्ट सबभन्दा पहिला - यस्सो भुण्टी अँठ्याउदा भडाक्क खुल्ने अटोमेटिक छाता किनें।अनि एकजोर सट / पेन्ट किनेर सिलाउन दिएँ। घर आमाले एउटा ठिक्कको कसौंडी किनेर ल्याएस भन्नुभएको कुरा सम्झेर त्यो पनि किने ।अनि आमालाइ एकबट्टा चुरोट , बालाइ एक पोको तमाखु र घरलाइ एक किलो चिनी किनेँ।
अर्को दिन कसौंडी, चिनी, चुरोट भएको झोला पछाडि बोकेर अटोमेटिक छाता ओड्दै फाँटको बाटो हिँडेर घर पुग्दा त बा / आमा दङ्ग ।
यति किन्दा पनि ३०/ ३५ रुपियाँ गोजामा बाँकी नै थियो।
जनगणनामा काम गरेर पाएको पहिलो कमाइ लाखौं बराबरको भयो ।
पाल्पा, नेपाल