Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

नेप्लिज डायस्पोरा

१२, आषाढ २०७८
images
अधिकारीको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रतिष्ठान गठन

काठमाडौं – नेपाली साहित्यको समग्र विकासको लागि भन्दै विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल (विनेसाप्र, नेपाल) गठन गरिएको छ । साहित्यकार जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार डा. नारायण गैरेको प्रमुख आतिथ्यमा भएको स्रष्टाहरुको भर्चुअल भेलाले साहित्यकार अधिकारीको अध्यक्षतामा १४ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षहरुमा पुष्कर रेग्मी (पाल्पा), भरत सिग्देल (नुवाकोट), सरस्वती शर्मा जिज्ञासु (पर्वत) चयन हुनुभएको छ ।
त्यसैगरी, महासचिवमा शिव खनाल जीवम (स्याङ्जा), सचिवमा मनिषकुमार शर्मा समित (भक्तपुर), कोषाध्यक्ष सुधा ढकाल बाँस्कोटा (काठमाडौं) र सहसचिवमा सविता केसी (बझाङ) रहनुभएको छ ।

केन्द्रिय सदस्यहरुमा खगेन्द्र बस्याल (रुपन्देही), निरु गौतम (मोरङ), दीक्षा सुवेदी (वीरगञ्ज), खगेन्द्र बस्याल (रुपन्देही), लक्ष्मीप्रसाद मिश्र (लमजुङ), सुरेन्द्र शाही (बाजुरा) र भावना खनाल (पाल्पा) रहनुभएको छ ।

संस्थाको विदेश विभाग प्रमुखको जिम्मेबारी साहित्यकार खगेन्द्र बस्याललाई दिइएको छ । साथै संस्थाको प्रदेश संयोजकहरुमा निरु गौतम (प्रदेश १), दीक्षा सुवेदी (प्रदेश २), लक्ष्मी प्रसाद मिश्र (गण्डकी प्रदेश) र सुरेन्द्र शाही गुलाब कान्छो (सुदुरपश्चिम प्रदेश) संयोजक तोकिनुभएको छ । केन्द्र र प्रदेशलाई चाँडै नै पूर्णता दिइने नवगठित समितिका अध्यक्ष जनार्दन अधिकारी धड्कनले बताउनुभयो । प्रतिष्ठानको सल्लाहकारमा वरिष्ठ साहित्यकार डा. नारायण गैरेलाई मनोनयन गरिएको छ ।

प्रतिष्ठानको विभिन्न विधा संयोजक, प्रकाशन तथा प्रसारण विभाग, नियमित कार्यक्रम विभाग, साजसज्जा विभाग, प्रशिक्षण विभाग लगायतका दर्जनौं विभागहरु गठन गर्न बाँकी छ । प्रतिष्ठानले नेपाली भाषाभाषी रहेका विश्वका सबै देश र नेपालका सबै स्थानीय तहहरुमा आफ्नो संगठन बिस्तार गर्ने योजना बनाएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ट साहित्यकार डा. नारायण गैरेले संस्था गठन र विश्वव्यापी संन्जाल निर्माणले नेपाली साहित्यको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष धड्कनले सबैको समर्थनबाट पाएको जिम्मेवारी नेपाली साहित्यको विकासमा इमान्दारीपूर्वक सबैको साथ लिएर पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।

देश–विदेशका उल्लेख्य स्रष्टाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्रष्टा निरु गौतमले गर्नुभएको थियोे भने साहित्यकार शिव खनाल जीवमले स्वागत मन्तव्य राख्नुहुँदै कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नुभएको थियो।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ०६:१६:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend