गैर आवासीय नेपाली संघ अमेरिकाका अभियन्ता तथा हालै सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा पराजित उमेद्वार कृष्ण लामिछानेले एनआरएनए अमेरिकालाई बलियो बनाउन आफ्नो तर्फबाट केहि बुंदाहरु सार्बजनिक गर्नु भएको छ।
लामिछानेले संस्थालाई समयानूकूल र थप बलियो बनाउँदै लैजानको निम्ति बर्तमान बिधानमा रहेको केही ब्यबस्थाहरुको परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। "आफ्नो अनुभव र बिगतको निर्वाचनको दौरानमा तपाईहरुबाट पटक पटक ब्यक्त धारणाहरुलाई अनुशरण गर्दै आफ्नो केही सुझाबहरु राख्ने अनुमति चाहान्छु।" लामिछानेले भन्नुभएको छ। ।
लामिछानेद्वारा प्रस्तावित पहिलो बुदामा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको बिधानता गठन गरिएको राज्य स्तरीय च्याप्टरहरुलाई नै यस संघको सदस्यता बितरण, सो को प्रारम्भिक प्रमाणीकरण गर्ने अधिकार प्रत्यायोजन गर्ने भनिएको । त्यस्तै, 'राष्ट्रीय समन्वय परिषदले नै एमआईएस प्रणाली बनाउने र एक सदस्य एक डिभाईसको आधारमा निर्वाचन गराउने', "एउटा डेबिट वा क्रेडिट कार्डबाट बढीमा चारजनाले मात्र सदस्यता लिनसक्ने ब्यबस्था गर्दै गिफ्ट कार्ड र अन्य यस्तै प्रकृतिको कार्डबाट सदस्यता लिने प्राबधानलाई खारेजी गर्ने' जस्ता सुझाव पनि लामिछानेले उल्लेख गर्नु भएको छ। ।
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको आगामी जुलाई ३-४ तारेख न्यूयोर्क शहरमा हुने राष्ट्रीय साधरण सभाको पुर्व सन्ध्यामा लामिछानेले यी विचार सार्बजनिक गर्नुभएको हो।
"मेरा यी सुझावहरुलाई बिधान संशोधन कमिटीले गम्भीरतापुर्बक लिने छ र एनआरएनए अमेरिकालाई एउटा उचाईमा पुग्नमा मद्धतपुग्नेछ भन्ने मेरो विश्वास छ।" लामिछानेले नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंग प्रतिक्रिया दिदै भन्नुभयो।
लामिछानेद्वारा प्रस्तुत गरिएका सम्पूर्ण बुँदाहरु यसप्रकार छन् :
आदरणीय अमेरिकाबासी नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा पत्रकार मित्रहरु, यहॉंहरु सबैमा हार्दिक नमस्कारले अभिबादन गर्दछु।
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको आगामी जुलाई ३-४ तारेख न्यूयोर्क शहरमा हुने राष्ट्रीय साधरण सभाबाट यस संस्थालाई समयानूकूल र थप बलियो बनाउँदै लैजानको निम्ति बर्तमान बिधानमा रहेको केही ब्यबस्थाहरुको परिमार्जन गर्नुपर्ने तथ्यगत यथार्थलाई आत्मासाथ गर्दै आफ्नो अनुभव र बिगतको निर्वाचनको दौरानमा तपाईहरुबाट पटक पटक ब्यक्त धारणाहरुलाई अनुशरण गर्दै आफ्नो केही सुझाबहरु राख्ने अनुमति चाहान्छु।
बिधान संशोधन- सन् २०२१
१- गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको बिधानता गठन गरिएको राज्य स्तरीय च्याप्टरहरुलाई नै यस संघको सदस्यता बितरण, सो को प्रारम्भिक प्रमाणीकरण गर्ने अधिकार प्रत्यायोजन गर्ने।
२- च्याप्टरहरुबाट प्रमाणीकरण भई आएको सदस्यहरुको सम्बन्धमा थप जॉंचबुझ र छानबीन राष्ट्रीय समन्वय परिषदले गर्ने।
३- राष्ट्रीय समन्वय परिषदले नै एमआईएस प्रणाली बनाउने र एक सदस्य एक डिभाईसको आधारमा निर्वाचन गराउने ब्यबस्था गर्ने।
४- एउटा डेबिट वा क्रेडिट कार्डबाट बढीमा चारजनाले मात्र सदस्यता लिनसक्ने ब्यबस्था गर्दै गिफ्ट कार्ड र अन्य यस्तै प्रकृतिको कार्डबाट सदस्यता लिने प्राबधानलाई खारेजी गर्ने।
५- निर्वाचनलाई स्वच्छ, पारदर्शिता र बिश्वशनीय बनाउन ई-मेल लकईन गरेपछि मात्र फोनमा प्रमाणीकरण कोर्ड आउँने र सोही ई-मेल मार्फत नै भोट खसाल्न पाउँने ब्यबस्था गर्ने। लिंकलाई कपी गर्दै मत दिन पाउँने यस पुर्व प्रचलित प्रणालीको खारेजी गर्ने।
६- केही बर्षहरु देखी जुलाई ३-४ मा हुदै आएको बार्षिक साधारण सभाको मिति परिवर्तन गर्दै अन्य कुनै उपयुक्त मिति गर्नेगरी तोक्ने। जसबाट अमेरिकामा नेपालीहरुको पहिचान र हितको निमित्त खोलिईएको अन्य संघ संस्थाहरुसंग मित्रवत् सम्बन्ध स्थापित हुन्छ।
७- बिभागिय प्रमुखहरु निर्वाचनमा भाग लिन नपाउँने।
८- राष्ट्रीय समन्वय परिषद र अन्तराष्ट्रीय समन्वय परिषदको बिच आपसी रुपमा बॉंझिईएको दफाहरुलाई समायोजन गर्दै अगाडी बढ्ने।
९- सदस्यता बितरणको मिति शुरुआत भएदेखी निर्वाचनको अन्तिम नतिजा प्रकाशित नभएसम्मको लागी राष्ट्रीय समन्वय परिषदको वेबसाइट, निर्वाचन समितिले प्रयोग गरेको वेबसाइट र ई-मेलहरु र निर्वाचन समितिले प्रयोग गरेको थर्डपार्टी वेबसाइटको अडिट रिसिप्ट साधारण सभामा सार्वजनिक गर्नुपर्ने।
१०- हाल बिधमान वोर्ड अफ डाइरेक्टरलाई सदस्यमा रूपान्तरण गर्दै उनीहरुको निर्वाचन क्षेत्रीय संयोजकको जस्तैगरी चार क्षेत्रको आधारमा हुनुपर्ने ब्यबस्था गर्ने।
११- सबै च्याप्टरका अध्यक्षहरु स्वत: नै राष्ट्रीय समन्वय परिषदको पदेन सदस्य रहने ब्यबस्था गर्ने। जसबाट स्थानीय स्तरमा हुने सामुदायिक कामचलाऊ प्रभावकारी ढंगबाट अगाडी बढाउन मद्द्त पुग्दछ।
१२- गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषदका प्रत्येक सदस्य र आजीवन सदस्यहरु तोकिईएको मापदण्डको आधारलाई अनुसरण गर्दै निर्वाचन लड्न योग्य हुने ब्यबस्था कायम गर्ने।
१३- निर्वाचनलाई निष्पक्ष बनाउन सो को नतिजा सार्वजनिक गर्दा बिधुतिय माध्यम जुन लाईभ मार्फत घोषणा गर्नुपर्ने।
१४- च्याप्टरहरुलाई थप बलियो र जिम्मेवार साथै सबैलाई स्थानीय स्तरमा कृयासिल बनाउन च्याप्टर अध्यक्षहरुलाई अन्तराष्ट्रीय समन्वय परिषदको साधारण सभाको अनिवार्य प्रतिनिधि हुने ब्यबस्था गर्ने।
१५- अन्य यस्तै वा अन्य प्रकृतिको संघ संस्था र बिभिन्न उद्देश्यले खोलिईएको संघ संस्थाहरुमा आबद्धता भएको पदाधिकारी, सदस्य र सल्लाहाकारहरुलाई सो संघ संस्थाको जिम्मेवारीमा बहाल रहुन्जेलसम्म गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषदको साधारण र आजीवन सदस्य बाहेकको कुनैपनि ज़िम्मेवारी बहन हुन नंदिने ब्यबस्था गर्ने।
यी बाहेक अरुकेही बुँधाहरुमा संशोधन र परिमार्जन गर्नुपर्ने भएमा मेरो म्यासेज बक्स, फेसबुक कमेण्ट र अन्य माध्यमहरुबाट सुझाव पाउँ भन्ने बिनम्र अनुरोध समेत यसै मार्फत गर्दछु।
तपाईहरुको,
कृष्ण लामिछाने
एनआरएनए अभियन्ता, डलास टेक्सस।