Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सूर्य कुमार श्रेस्ठ : मैले देखेको भद्र , शालीन , बिकाशप्रेमी वडाअध्यक्ष -सन्तोष श्रेस्ठ

सूर्य कुमार श्रेस्ठ : मैले देखेको भद्र , शालीन , बिकाशप्रेमी वडाअध्यक्ष -सन्तोष श्रेस्ठ

नेप्लिज डायस्पोरा

१८, आषाढ २०७८
images
सूर्य कुमार श्रेस्ठ : मैले देखेको भद्र , शालीन , बिकाशप्रेमी  वडाअध्यक्ष  -सन्तोष श्रेस्ठ

 

क़रीब एक हप्ता अगाड़ी जब फ़ेसबुक खोले, तब मेरो मित्र श्याम श्रेस्ठ ले आफ़नो फ़ेसबुक वालमा इश्वरपुर नगरपालिका , वडा न -३ सर्लाही का वडाअधक्ष्य सूर्य कुमार दाई प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै दाइको फ़ोटो पोस्ट गरेको देखे।

एकक्षण अलमल परदै पुरै पोस्ट पढ़े , दाई प्रति हार्दिक श्रदानजलि नै थियो, पत्यौनु सकिन। पत्याऊनू पनी कसरी शायद नै कल्पना गरेको थिय दाइको अल्पआयु मै यसरी मृत्यु हुंछ भनेर।

पोस्ट सबै पढ़दा समेत बिस्वास नलागेर निज श्याम श्रेस्ठ लाई फ़ोन गरे, ऊहाले हत्या को पुस्टि नै गर्नु भयो। इश्वरपुर -३ स्थित सरकारी मुखलाल बांध को स्तरुन्नती हुदई गरेको र सो पोखरीको अनुगमन को क्रममा गयको र खाजा खाने क्रममा सामान्य विवाद हुदा एस्कभेटर को बकेटले छाती तथा टाऊको मा प्रहार गरी हत्या गरेको खुलन आयको छ।

हत्यामा संलग्न भक्तिपूर-३ बस्ने ठेकेदार प्रेम दाहाल र एसकाभेटर चालक रबिन भन्ने हर्क बहादुर तमांग लाई हिरासतमा लियर आवश्यक कारबही भैरहेको छ।

मेरो पहिलो भेंट उहाँसंग २०६५ सालमा भयको हो। तत्कालीन समय मा म भक्तिपूर स्थित इलाक़ा प्रहरी कार्यालयको कार्यालय प्रमुख को रुपमा कार्यरत रहदा उहाँ संग भयको भेंट आजको दिन सम्म आउदा एकै पारिवारिक दाजु भाई को सम्बंध को रूपमा रहेको छ।


उहाँ प्रहरी प्रशासन को अति नै सहयोगी हुनुहुँथ्यो। प्रहरी प्रशासन लाई भौतिक रुपमा बलियो र श्रोत साधन सम्पन्न बनाउनु पर्छ भन्ने मान्यता राख़्नु हुने दाइको इलाक़ा प्रहरी कार्यालयको नया भवन बनाऊने कार्य मा निकै महत्वपूर्ण योगदान रहेको छ।


मैले कुनै क़ुरा जिसकेर भंदा हे भाई पनी भनेर मुसक्क हासेर टाऊको बतारने बानी हज़ुरको, मीठो मसीनो बोली , बचचा देखी बूढ़ा सम समान व्यवहार, प्रहरी प्रशासनप्रतिको हज़ुरको समीपयता, माया ममता, दुर्गा मन्दिर बनाऊँन खेलेको भूमिका, वार्ड अधक्षय भयर गरेंका विकास निर्माणको काम अब सम्पूर्ण भक्तिपूर बासी दाजु भाई दीदी बहिनी सामु सधै अविस्मरणीय रहनेछन। आज हामिले गाउको रानी माहुरि गुमायको महसूस भयको छ।


मानिस मा कमी कमजोरी सबैको हुंछ, तर पछील्लो अबस्था मा दाई हजुर बाट जून किसिमको काम हरू भयको थियो त्यो साचै नै प्रेरणा दायी थियो, भक्तिपूर मा भयको हज़ुर मेरो भेंट एउटा पारिवारिक सदस्य को रुपमा आजका दिन समं छ, मैले आज मेरो अभिभाबक गुमायको छू, मेरो बाऊ पछिको बाऊ गुमायको छु, कती धेरै क़ुरा हरू हुँथे, सानो भाई भय पनी दियको सल्लाह सुझाव लिनुहुँथ्यो।


म सधै उहालाई दाई भनेर सम्बोधन गर्थे , उहाँ प्रति मेरो ठुलो श्रदा भाव , सम्मान थियो। उहाँ मलाई भाई भनेर सारै माया गर्नु हुँथ्यो। हामी एक आपसमा सल्लाह सुझाव हरू आदान प्रदान गर्थ्यौ। उमेर ले सानो भय पनी कतिपय सलाह सुझाव हरू मैले दियको ऊहाले ग्रहण गर्नु हुँथ्यो।

तत्कालीन २०६५ सालमा नै स्थानीय समाजसेवी मेनुका भण्डारी , पुरुषोत्तम बड़ाल, सुस्मिता देवकोटा लगायत स्थानीय भेला जम्मा भै भक्तिपूर चोकमा मन्दिर निर्माण गर्ने सन्दर्भ मा छलफल हुदा मुक्तिनाथ बाबाको प्रमुख आतिथ्यमा सप्ताह लगौने र रकम संकलित गरी मन्दिर बनाउने सल्लाह बमोज़िम स्वर्गीय सूर्य कुमार दाइको नै सक्रियतामा सप्ताह लगाई त्यो सप्ताहमा संकलित रकमबाट हाल भक्तिपूर चोकमा बिशाल पाँच तलें मन्दिर निर्माण सम्मपन्न भैसकेको र सो मन्दिरको हाल रंगरोगन गर्ने कार्य अंतिम चरण मा पुगेक़ो छ।

निकट भबिश्य मैं उक्त मन्दिरमा जल् चढ़ाएर विधिवत उदघाटन गर्ने ऊहको सपना कहिले पूरा नहुने गरी यो धर्तीबाट बिदा भयर जानु भयो।
सधै हसीलो मुहार, मसीनो मीठो बोली सानो बचचा देखी बूढ़ापाका सम्म लाई समान व्यवहार गर्ने , हरेक को सूख दुख माँ साथ दिने, सामाजिक कार्य मा अति नै सक्रिय, उहाँ आख़ाक़ो नानीमा राखे पनी नबिझाऊने स्वभाव को हनहुँथ्यो।

२०७४ सालको स्थानीय चुनावमा ने क पा एमालेबाट इश्वरपुर वडा न -३ को वडाअधक्ष्य मा निर्वाचित भयपछी उहाँ बिकाश निर्माण को कार्यमा निक़ै सक्रिय रुपमा लाग्नुभयको थियो। उहाकै पहलमा स्थानीय भक्तिपूर सड़क लाई ३२ फ़ीटको मापदण्ड क़ायम गर्ने कार्य सफल भयको थियो।

वडाअधक्ष्य मा निर्वाचित भय पश्चात सरकारी तलब सुविधा समेत आफूले ब्यक्तिगत रुपमा नलीने र त्यो रकम स्थानीय ग़रीब पिछड़ा सीमांतकृत वर्गमा खर्च गर्ने घोषणा गर्नु भयको थियो।


आर्थिक रुपमा अत्यंत पारदर्शी , भ्रष्टाचारमा शून्य सहनशीलता, जनताको सेवा लाई सधै शिरमा राखेर अगाड़ी बढ़नु भयको थियो
स्थानीय सरस्वती मा बि भक्तिपूरको बिधयालय बयबस्थापन समितिको अधक्ष्यको कार्यभार समेत समालनु भयको ऊहाले बिध्यालय लाई कसरी भौतिक रुपमा श्रोत साधन सम्पन्न बनाउन सकिंनछ भनेर लागी परिरनु भक़ो थियो।


स्थानीय इलाक़ा स्वास्थय कार्यालयमा धेरै विकास परिवर्तनमा योगदान दिनु भयको उहाको पछिल्लो इचछा उक्त स्वास्थ्य संस्थामा एक्स रे मेशिंन स्थापना गर्ने र कार्यालयको नाम मैं एमबुलेन्स सेवा संचालन गर्ने थियो जून अन्तिम चरणमा पुगेको छ ।


उहाको सक्रियताले नै वडामॉ बिकश निर्माणको कामले धेरै नै फड़को मारेको र यस्तो बिकशप्रेमी आफ़नो वडाअधक्ष्य गुमौनु पर्दा सारा वडाबासी दाजुभाई दीदीबहिनी र समस्त भक्तिपूरबासी जनता आफुहरूले रानी माहुरी गुमायकों टिप्पणी गरछन।

दूरी र भौतिक भौतिक रूपले टाढ़ा भयपनी हामी बीच निरंतर सम्पर्क हुँथ्यो। पछिल्लो अवस्थमा म ऊहाले गरेको बिकाश निर्माण को कामले अत्यंत उत्साहित थिय। एकदिन मैले संवाद कै क्रममा दाई अब धेरै राम्रो काम गर्नु भको छ , अझै राम्रो काम गरेर जनताको बिश्वास र माया जितनु अनी अब अर्कों चुनावमा मेयर हुनुपर्छ भनेर भंदा भाईक़ो सल्लाह सुझाव ग्रहण गरछु भनेर मुसुक्क हासेको मेरो आखा अगाड़ी झलझली घुमिरहेको छ अहिले पनी।

क़ुराकानीको अंत्यमा दाईले भाई नेपाल कहिले आऊने, आय पछी दाजुभाई भेट्नू पर्छ है भंदा मैले दाई छिट्टै नेपाल आऊछु र हज़ुरलाई भेटछु भने, अफसोच अब मेरो कहिले मेरो आदरणीय दाईसंग भौतिक रुपमा भेट हुने छैन।

उहाको अत्यंत क्रूर अमानवीय, पाशविक तवरले कायरतापूर्ण हत्या गरीयको छ | हत्यामा संलग्न दोषी जून सुकै ओहोदा या तह तप्काको होस हदै समंको क़ानूनी कारबही हुनुपर्दछ | यो विशुद्ध आपराधिक घटना हो | आपराधिक घटनालाई राजनीतिक रंग दलेर धमिलो पानिमा माछा मार्ने कोशिश कुनै व्यक्ति या राजनीतिक दलबाट नहोस | यो बिसयमा सम्पूर्ण भक्तिपूर बासी आदरनीय आमाबुबा दाजुभाई दीदीबहिनीहरूमा सचेत र सजग रहन अनुरोध गरदै आऊँ हामी सबै मिलौ | हातेमालो गरौ | स्वर्गीय सूर्य कुमार श्रेस्ठलाई न्याय दिलाऊँ, ऊहाँको आत्मले शान्ति मिलोस।


अंत्यमा दाजु सूर्य कुमार श्रेस्ठप्रति हार्दिक भावपूर्ण श्रदानजलि, शोक को यो घड़िमा आदरणीय भाउज़ु, भाईहरू सुमन, सचिन, बहिनी, बुहारीहरू लगायत सम्पूर्ण परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछु।


हाल बाल्टिमोर  , अमेरिका

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०७:४१:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend