नेपाल सरकारद्वारा सुचिकृत ५९ आदिवासी जनजाति समुदाय अन्तर्गत तोक्पेगोला (ढोक्प्या) समुदायको मातृसस्था तोक्पेगोला समाज सेवा समितीको अमेरिका स्थित प्रवास संगठन ढोक्प्या किदुक अमेरिका शाखाको तेश्रो महाधिवेसन हिजो ३ जुलाई २०२१ मा अमेरिकाको क्विन्समा सम्पन्न भएको छ ।
अधिवेसन उदघाटन र वन्द सत्र गरी दुई चरणमा सम्पन्न गरेको छ । वन्द सत्रमा प्रस्तुत सचिवको कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सहित भावी कार्ययोजनालाई वन्दसत्रवाट सर्वसम्मत पारित गर्दै नयॅा कार्यसमिती चयन गर्ने प्रक्रियामा प्रवेश गरेको थियो ।
तेश्रो अधिवेसनले पुन: गोवा ढोक्प्याको नेतृत्वमा आगामी २ वर्षको लागी ११ सदसिय कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष गोवा ढोक्प्या, उपाध्यक्ष निमा डोमा ढोक्प्या, सचिव ज्ञ्याल्जेन ढोक्प्या, सहसचिव दावा फुटिक ढोक्प्या, कोषाध्यक्ष लाक्पा ढोक्प्या,
सहकोषाध्यक्ष कासगंला ढोक्प्या रहेका छन्।
त्यसैगरी सदस्यहरुमा पासागं वागंदी ढोक्प्या, छेवागं ढोक्प्या, फुपु नानी ढोक्प्या, दावा छिरीगं ढोक्प्या र छोकी ढोक्प्या रहेका छन ।