Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आमाले ईन्टरनेट चलाउंदाको मेरो खुशी -सन्तोष श्रेष्ठ

आमाले ईन्टरनेट चलाउंदाको मेरो खुशी -सन्तोष श्रेष्ठ

नेप्लिज डायस्पोरा

२८, आषाढ २०७८
images
आमाले ईन्टरनेट चलाउंदाको मेरो खुशी -सन्तोष श्रेष्ठ

एक हप्ता पहिले काम गरदै थिएँ, अचानक मोबाइलमा घण्टी बज्यो। उठाएर हेलो भने उताबाट "बाबु के छ तिम्रो खबर ?" सोधियो। मैले स्वर चिने "आमा दर्शन नमस्कार !" भने ।

हामी दुई आमा छोराको बिचमा क़ुराहरू भए। क़ुराकानी कै क्रममा आमाले 'घरतीर सबैले इंटरनेट जोड़ेको र हामिले पनि जोड़न पाए हुने' भन्नुभयो।

यति भनिसकेपछी मैले अनुमान लगाए पैसा चाहियो होला, अनी मैले "पैसा चाहियो हो ?" भनेर सोधे र आमाले भन्नूभयो,"बीस हज़ार ज़ती लाग्ने बताऊँनु भयो।"

मैले "हुन्छ म पठाऊछु आमा" भने। यति मैं हामी दुइको क़ुराकानी रोकियन । मैले आश्चर्य भाव मिश्रित शब्दमा सोधे, आमा हज़ुरलाई नेट चलाउन आऊछ र ?"

आमाले एकै सासमा जबाफ दिनुभयो, "सीकेपछि जानिन्छ नि, म सिक्छु नी ! तिमिसंग भनेको बेला क़ुरा गर्न सजिलो हुंछ नी ।"

आमाको यो साहस र सिकाईप्रतिको आत्मबिस्वास देखेर ख़ुसी लाग्यो । किनकी मेरो पुस्ताले नै एसएलसी सकेपछी मात्र कम्प्यूटरको की बोर्डमा हातले छूने सौभाग्य पाएको थियो।नढाटीक़न भन्नु पर्दा मैले सोर बर्षको ऊमेर अगाड़ी फ़ोन मा क़ुराकानी गरेको थींइन।

हाम्रो पुस्ताको यो अबस्था थियो भने हाम्रो बुबाआमा पुस्ताको प्रविधिमाथि कस्तो पहुँच थियो होला ? सजिलै अनुमान लगाऊन सकिन्छ ।

आमालाई प्रतिज्ञा गरे अनुसार पैसा पठाईदिए।आमाले घरमा इंटरनेट जोड़नु भएछ।

भाग्य भनौ या अभागी भनौ हामी आमा छोरा एउटै पृथ्वीमा भएपनि हाम्रो दैनिकि भने फरक छ। आमाको सुत्ने बेला मेरो उठने बेला हुन्छ भने आमाको उठने बेला मेरो सुत्ने। सामान्यतया: अमेरिकामा रात हुदा नेपालमा दिन र नेपालमा दिन हुदा अमेरिकामा रात हुन्छ ।

काम सक़ेर आएर सुते। उठेपछी मोबाइलको स्क्रीन घुमायर हेरे, सरस्वती देवी श्रेष्ठको नामबाट फ़्रेंड रेक्वेस्ट आयको रहेछ, प्रोफ़ायल पिक्चरमा दाई प्रकाश सगै भएको सेल्फ़ी फ़ोटो राख़्नु भएको रहेछ।

रिक्वेस्ट एक्सेप्ट गरें। अनी मनमनै ख़ुसी भएँ। अब मेरो आमाको पुस्ता पनि बिस्तारै सूचना प्रविधिको पहुँचमा जोडीईदै हुनुहुन्छ।

अहिले नेपालको धेरै युवाहरू वैदेशिक रोज़गारीको सिलसिलामा विभिन्न मुकुलहरूमा हुनुहुन्छ । बिशेसगरी ग्रामीण भेगका युवाहरू हुनुहुन्छ । उहाँहरूको आफ़नो परिवार तथा घर सम्पर्कको माध्यम भनेको अहिले फेसबुक, भाईबर, इमो, WhatsApp, जस्ता माध्यमहरू हुन जसको संचालनमा डाटा या इंटर्नेट सुविधा हुनुपर्दछ।

वैदेशिक रोज़गारीमा गएका आफ़्ना छोरा भाई भतीजा लगायत आफन्तसंग क़ुराकानी गर्नकै लागी पनि ग्रामीण महिलाहरूले पछिल्लो अवस्थामा प्रविधि मैत्री उन्मुख हुनुहुन्छ।

आजभोली रूकुम रोल्पा, जज़रकोट, हुम्ला, जुम्ला जस्ता दूर दराजको महिलाहरूको पनि प्रविधिमा पहुँच बढदो अवस्थामा छ।

अन्त्यमा बधाई छ आमा हज़ुरलाई ! बिस्तारै बिस्तारै अब हज़ुर पनि नया प्रविधिसंग जोड़िदई हुनुहुंनछ, अबदेखि हजुरको पनि फेसबुकमा पहुँच भएको छ। धेरै धेरै बधाई एब नमन !

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

 

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २३:५७:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend