नेपालमा ओली सत्ताबाट बाहिरिएका छन् र देउवा प्रधानमन्त्री बनिसकेका छन्। यो घटनाक्रमलाई लिएर अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीहरुका बीचमा राजनैतिक टिका टिप्पणी शुरु भएको छ। त्यो टिका टिप्पणी फेसबुकमा छताछुल्ल देख्न सकिन्छ।
नेपालको वर्तमान सत्ता पलटलाई लिएर मेरिल्याण्डका केहि सामाजिक अभियन्ताहरुको फेसबुक मै भनाभन भएपछी यहाँका सर्बसाधारण नेपालीहरु अचम्म परेका छन्।
नेपालको राजनीतिलाई लिएर अमेरिकामा स्वस्थ बहस हुनुपर्नेमा यहाँ पनि नेपाल मै जस्तो गरी उनीहरु प्रस्तुत भएका छन्।
फेसबुक वारमा उनीहरुले १७ हजारको ज्यान मारेको देखि भ्रष्टाचार गरेको आरोप एकापसमा लगाएका छन्। त्यस्तै त्यहाँ नै कांग्रसीहरु बीच पनि वार छ। जसमा देउवालाई बिरोध गर्ने र देउवाको समर्थन गर्ने कांग्रेसी झगडा स्पष्ट देख्न सकिन्छ।
इन्सुरेन्स ब्यबसायीको छबी बनाएका र बानाका पुर्व सचिव समेत रहेका दिवाकर ज्ञवालीले केपी ओलीको सत्ता बहिर्गमनलाई लिएर फेसबुकमा एउटा स्टाटस राखेसंगै 'फेसबुक वार' शुरुभएको हो। ज्ञवालीलाई बिगतदेखि नै माओबादीको पक्षपोषण र वकालत गरेको आरोप लगाईदै आएको छ।
ज्ञवालीको उक्त स्टाटसमा हो मा हो मिलाउदै कतिले सामान्य कमेन्ट गरेका छन् भने कतिले राजनीतिक छलफलको चौतारोमा बसेजस्तै आआफ्ना विचार राखेका छन।
यहाँ कमेन्ट मै वार गर्नेहरुमा प्रवासी नेपाली मंचका अध्यक्ष प्रभु थापा, मंचका मेरिल्याण्ड अध्यक्ष युद्दबहादुर पन्त, सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष दमन बिक्रम साह र जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सदस्य ज्ञानहरी घिमिरे छन् र उनीहरुका बीचको कमेन्ट भनाभन पढ्न लायक छ।
बिदेशी भूमीमा सकेसम्म नेपाली राजनीति गर्न हुदैन भन्ने र यहाँबाट नेपालको राजनीतिमा चासो राख्नु पर्छ भन्नेहरुबीच सधै मत मतान्तर रहदै आएको छ। बाँकी जे भएपनि सामाजिक छबि बनाएकाहरु र सामाजिक संस्थामा राजनीति भयो भन्नेहरुले आफै राजनीति गर्नेगर्दा सर्बसाधारणहरु सधै अन्योलमा देखिन्छन।
तपाईको केहि टिका टिप्पणी छ भने कमेन्टमा लेख्नुहोस। उनीहरुको फेसबुक भनाभनको स्क्रिन शट यहाँ प्रस्तुत छ: