Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

एनआरएनए अमेरिकाको दशौँ साधारण सभामा भएको घटनाका बारेमा सुनील साह र पशुपती पाण्डेले कन्भेनर बिआर लामालाई आरोप लगाउदै सदस्यसंग माफी मागे

एनआरएनए अमेरिकाको दशौँ साधारण सभामा भएको घटनाका बारेमा सुनील साह र पशुपती पाण्डेले कन्भेनर बिआर लामालाई आरोप लगाउदै सदस्यसंग माफी मागे

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७८
images
एनआरएनए अमेरिकाको दशौँ साधारण सभामा भएको घटनाका बारेमा सुनील साह र पशुपती पाण्डेले कन्भेनर बिआर लामालाई आरोप लगाउदै सदस्यसंग माफी मागे


एनआरएनए अमेरिकाको दशौँ साधारण सभामा भएको घटनाका बारेमा सुनील साह र पशुपती पाण्डेले कन्भेनर बि आर लामालाई आरोप लगाउदै सदस्यसंग माफी मागेका छन्। दुवै जनाले आआफ्ना फेसबुकमा एउटै विचार पोष्ट गरेर सार्बजनिक माफी मागेका हुन्।

संस्थाका तत्कालिन अध्यक्ष साह र महासचिव पाण्डेको यो अभिव्यक्ति घटनाको झन्डै दुई हप्तापछि मात्र सार्बजनिक भएको हो। घटना हुदैछ भन्ने संकेत पाएर पनि रोक्न कुनै प्रयास नगरेको आरोप उनीहरु दुई जनालाई छ।

तर साह र पाण्डेले सार्बजनिक गरेको फेसबुक पोष्टमा आफुहरुलाई केहि थाहा नभएको र कन्भेनर लामालाई धन्यवाद मन्तब्य दिन अनुरोध गर्दा सीमा मिचेर अनुमान भन्दा बाहिरको काम गरेको र कार्यक्रम बिथोलेको आरोप लगाएका छन्।

बिस्तृत जानकारीको लागि उनीहरु दुवैजनाको उक्त पोष्ट यहाँ प्रस्तुत छ। यस बिषयमा तपाईका केहि टिका टिप्पणी छन् भने कमेन्ट गर्नुहोला।


आदरणीय अमेरिकाबासी समस्त आमाबुबा,दाजु भाई तथा दिदी बहिनीहरु सम्पूर्णमा नमस्कार ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०१९ देखि २०२१ को कार्यकाललाई ऐतिहासिक बनाउनका निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा पुन: आभार प्रकट गर्न चाहन्छौं । समस्त गैर आवासीय नेपाली संघ, अमेरिकाका सदस्यहरुको सहयोगले मात्रै गत २ वर्षमा उपलब्धिमुलक ढंगवाट गैर आवासीय नेपालीको हितका निम्ति धेरै भन्दा धेरै कार्यक्रम गर्न सकिएको हो भन्नेमा हामी विश्वस्त छौं ।

तपाईहरुले जसरी हामीप्रति सद्भाव देखाउनुभएको थियो त्यसप्रति हामी सदैव ऋणि रहीरहनेछौं । यतिभनिरहँदा हाम्रो संघको न्यूयोर्कमा गरिएको दसौं वार्षिक साधारण सभाको असोभनिय पक्षमाथि केही नभन्नु न्याय संगत हुँदैन भन्ने हामीलाई लाग्दछ । दसौं साधारण सभाको क्रममा भएको त्यो अकल्पनिय घटनाक्रमबारे आम रुपमा जानकारी गराउनुलाई हामीले हाम्रो कर्तव्यको रुपमा लिएका छौं । त्यो के भएको थियो भनेर हामीवाट तपाईहरुले उत्तर खोज्नु वा चासो राख्नुलाई हामीले तपाईहरुको अधिकार र तपाईंहरूलाई जानकारी गराउनु पर्ने कुरालाई हाम्रो जिम्मेवारीको रुपमा लिएका छौं ।

त्यहा जुन उद्घाटन सत्रको कार्यक्रम नसकिदैं जसरी शपथको कार्यक्रमलाई मनोमानी ढंगले जोडियो त्यो कदापि पनि शोभनिय थिएन । संघका तत्कालिन उपाध्यक्ष समेत रहनुभएको कन्भेनरले धन्यवाद मन्तव्य दिने कार्यक्रमलाई हामीले सरल रुपमा बुझेका थियौं तर त्यही क्रममा उहाँवाट शपथ खुवाउनको लागि प्रमुख निर्वाचन आयुक्त लगायत निर्वाचन आयुक्तहरुलाई मञ्चमै बोलाएर आफैं कार्यक्रमको संचालक जस्तो गरी उहाँ प्रस्तुत हुनुहोला भन्ने अनुमान गर्न नसकिएकै हो र कसैले पनि जिम्मेवार व्यक्तिवाट त्यस्तो अपेक्षा गर्ने कुरा पनि भएन । अचानक पूर्व निर्धारित कार्यतालिकालाई गोलमोडल गरी उद्घाटन सत्र समेत नसकिएको अवस्थामा साधारण सभाको मुख्य विषय बन्द सत्र अझ विधान संसोधनको समेत कार्यतालिका पूर्ण प्रभावित हुने गरी जुन रुपवाट कार्य गर्न खोजियो त्यो विधिसम्मत छैन भनेर अध्यक्षले आफ्नो धारणा राख्नुपर्ने आवश्यकता महशुष गरी मञ्चमा गई अध्यक्षको रुपमा धारणा दिइएको तथ्य यहाहरुमा जगजाहेर नै छ ।

शपथको कार्यक्रम पूर्व निर्धारित कार्यतालिका भित्र नै थियो । त्यसैको लागि पनि कार्यक्रमको नाम साधारण सभा तथा शपथ ग्रहण कार्यक्रम राखिएको थियो । तर किन के कारणले उद्घाटन सत्र नसकिदैं शपथ खानुपर्ने बाध्यता देखियो वा कन्भेनरवाट त्यस्तो हतारमा एक अर्थमा माईकको दुरुपयोग गरी किन त्यस्तो गरी निर्धारित कार्यक्रमलाई तोड्मोड गरियो त्यो हामीले बुझ्न सकेका छैनौं ।
अध्यक्षले अर्को नव निर्वाचित अध्यक्षलाई आफ्नो पदभार सुम्पने अवसर समेत सृजना भएन । हुनत साधारणसभाको क्रममा मिचिएको कार्यतालिका सन्दर्भमा अनेक प्रसंगहरु वा भनौं शंकाका विषयहरु उठाईएको देखिन्छ । यसमा हामी के भन्न चाहन्छौं भने पानी पर्ला कि भनेर घाम लागेकै समयमा छाता ओढेर कोही पनि बस्दैनन् तर त्यस्तै खालको गतिविधि गर्न खोजियो कि भन्ने हामीलाई लागेको छ ।

फेरि पनि जुन अशोभनिय गतिविधि साधारण सभाको दौरान देखियो त्यसप्रति संघको तत्कालिन अध्यक्ष र महासचिवको रुपमा हामी सबैमा माफी चाहन्छौं । संघ कदापि खराब हुँदैन समय समयमा खराब पात्रहरुले आफ्नो अभिष्ट पुरा गर्न चाहन्छन् तर तपाई हामी सबै राम्रो र हाम्रो एनआरएनए बनाउने अभियानमा एकतावद्ध भई लाग्नुपर्दछ । गल्ती कमजोरी सबैवाट हुन्छ त्यसलाई स्वीकार गरी नयाँ यात्राको थालनी गर्न सक्ने मात्रै सबैको मनमा बस्न सक्दछ त्यो कार्य गर्न सबैको बुद्दि पुगोस् यही अपेक्षा राख्दछौं । र नयाँ कार्यसमितिले हामीले भन्दा अझ बढी काम गर्न सकोस् शुभकामना समेत व्यक्त गर्दछौं । नयाँ कार्यसमितिलाई एनआरएनए अमेरिकाको अभियानमा हाम्रो सहयोग आवश्यक पर्दा सधैं खुला हृदयले सहयोग गर्ने वचनवद्धता व्यक्त गर्दछौं ।

धन्यवाद । जय एनआरएन । जय एनआरएनए अमेरिका ।

सुनील साह
अध्यक्ष
पशुपती पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका
(वर्ष २०१९ देखि २०२१ )


सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १८:२८:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend