Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

'साथी कप २०२१' फुटबल प्रतियोगीता उत्साहजनक सहभागिताका साथ सम्पन्न, मेरिल्याण्ड राज्य सरकारका निर्बाचित पधादिकारीबाट आयोजक साथी बाल्टिमोर लगायत सबै सहभागी टिम सम्मानित

'साथी कप २०२१' फुटबल प्रतियोगीता उत्साहजनक सहभागिताका साथ सम्पन्न, मेरिल्याण्ड राज्य सरकारका निर्बाचित पधादिकारीबाट आयोजक साथी बाल्टिमोर लगायत सबै सहभागी टिम सम्मानित

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७८
images
'साथी कप २०२१' फुटबल प्रतियोगीता उत्साहजनक सहभागिताका साथ सम्पन्न, मेरिल्याण्ड राज्य सरकारका निर्बाचित पधादिकारीबाट आयोजक साथी बाल्टिमोर लगायत सबै सहभागी टिम सम्मानित

 

यही जुलाई १० र ११ का दिन भयको साथी कप फुटबल प्रतियोगीता भब्य रुपमा सम्पन्न भयको छ। मेरिल्याण्ड राज्य भित्रका नेपालीभाषी युबाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासका साथ मेरिल्याण्डमा सक्रिय संस्था साथी बाल्टिमोरले उक्त प्रतियोगीताको आयोजाना गरेको थियो। मेरिल्याण्ड राज्य भित्रका आठ टिमको सहभागीता रहेको थियो भने १७६ खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रथम पुरस्कार $२५०० राशि सहित मेडल, प्रमाण पत्र र ट्रफी र दोस्रो पुरस्कार $१५०० राशि सहित मेडल, प्रमाण पत्र र ट्रफी रहेको थिय। प्रथम पुरस्कार घिमिरे होम्स र दोस्रो पुरस्कार एनआरएनए मेरिल्याण्ड च्याप्टरले प्रयोजन गरेको थियो। आयोजकले प्रतेक खेलमा उत्क्रिस्ट खेलाडी, प्रतियोगीताको सर्वाधिक गोल स्कोरर र सबैभन्दा मूल्यवान् खेलाडीलाइ समेत ट्रफी प्रदान गरेको थियो। प्रतियोगाती बाल्टिमोरको पुरानो फुटबल क्लब बाल्टिमोर एथलेट्टिक्स क्लबले जित्न सफल भयको छ भने एवेरेस्ट फुटबल क्लबले दोस्रो इस्थान हासिल गर्न सफल भयको छ । प्रतियोगीताका सर्बोउत्क्रिस्ट खेलाडी र सर्बाधिक गोल (६ गोल) गर्ने उपाधि दुवै सुदिप बिश्वकर्माले पायका छन्।

प्रतियोगीताको समापन बिसिस्ट अतिथिहरु अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत, मेरिल्याण्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चार्ल्स योङ्ग, समाजसेबी प्रेम कुमार श्रेष्ठ, एनआरएनएका बरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, सचिब अनुप खनाल, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, एनआरएनए साउथ कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्री, नेपाल प्रहरीका भूपू प्रमुख सर्बेन्द्र खनाल, समाजसेबी हेम पाठक, पर्बत समाज अमेरिकाका अध्यक्ष धन गुरुङ, गुरुङ समाज अमेरिकाका अध्यक्ष कुल गुरुङको उपस्थितिमा सम्पन्न भएको थियो।

समापनमा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाइ सम्मान स्वरुप अफिसिअल सम्मान पत्र (साईटेशन) दिनु भएको थियो।

साथै मेरिल्याण्ड राज्य ड्डिस्ट्रिक ८ र १० का डेलिगेट्स ह्यारी भण्डारी, कार्ल ज्याक्सन र जे जेलिसीले आयोजक संस्था साथी बाल्टिमोरलाइ
अफिसिअल सम्मान पत्र (साईटेशन) दिनु भएको थियो।

साथी बाल्टिमोरले साथी कप हरेक वर्ष गर्ने निर्णय पनि गरेको छ र आउदो सेप्टेम्बरमा 'साथी कप क्रिकेट प्रतियोगिता' को तयारीमा लागि सकेको पनि सूचना दिएको छ।

युबाहरुलाई खेलकुदको माध्यामबाट जोड्दै, सामाजिक अभियानमा सक्रिय गराउन साथी बाल्टिमोर बिगत दुइ वर्ष देखि मेरिल्याण्ड राज्यमा सक्रिय रुपमा काम गरिरहेको छ |

5.jpg

 

1.jpg

 

6.jpg

7.jpg

 

9.jpg

 

0.jpg

 

1.jpeg

 

यो समाचार पढेपछी तपाइको मनमा उठेको विचार कमेन्ट बक्समा गएर एक लाईनमा लेख्नुहोस।

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - २३:३१:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend