Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नर्वेमा जेएसएस रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

नर्वेमा जेएसएस रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

नेप्लिज डायस्पोरा

१, श्रावण २०७८
images
नर्वेमा जेएसएस रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

 

दर्पण तिमिल्सिना

ओस्लो, नर्वे

 

नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा छैठौं जेएसएस रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो शहरको अति नै रमणिय स्थल सोङ्स्भानमा गत आईतवार भएको प्रतियोगितामा नर्वे स्थित विभिन्न नेपाली राजनीतिक तथा गैरराजनीतिक संघसंस्थाहरुको तर्फबाट पुरुष तर्फ ९ समुह तथा महिला तर्फ २ समुहको सहभागिता रहेको थियो ।पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे, एनआरएनए नर्वे, ओएनयुएफ नर्वे, एभरेष्ट क्लब, रेगुलर एथ्लेटिक्स ग्रुप अफ स्टुडेन्टस ओस्लो, नेपलिज सोसाइटी इन ट्रोम्सो, नेप्लिज स्टुडेन्ट सोसाइटी इन ओस्लो, जेएसएस नर्वे ए र जेएसएस नर्वे बि सहभागी गरेका थिए भने महिला तर्फ जेएसएस नर्वे ए र जेएसएस नर्वे बि टिमले सहभागिता जनाएका थिए।

खेलकुदको माध्यमद्वारा नर्वेका बिभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य ब्यवसाय गरी बसोवास गरिरहेका नेपाली भाषीहरु माझ भाइचारा र आपसी सद्भाव बढाइ नर्वेको नेपाली समाजमा छुट्टै पहिचान बनाउने र नेपाली समाज बिचको सम्बन्धलाइ अझै बढी प्रगाढ र मजबुत बनाउने प्रमुख उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट वार्षिक रुपमा आयोजना गरिदैं आएको नर्वेका बरिष्ठ उपसभापती कबिन्द्र ढकालले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुषतर्फको नेपोस नर्वेलाई ६ हजार क्रोनर (नेपाली करिब ८३ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, रनिंङ् कप र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टिम जेएसएस ´ए´ लाई ३ हजार क्रोनर (करिब ४२ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी महिलातर्फ पहिलो हुने टिमलाई तीन हजार क्रोनर (करिब नेपाली ४२ हजार रुपैयाँ),कप, प्रमाणपत्र, मेडल र दोस्रो हुनेलाई १५ सय क्रोनर (करिब २१ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्टका संयोजक आबिश्कार बास्तोलाले जानकारी दिनुभयो । पुरुषतर्फका उत्कृष्ट खेलाडी जेएसएस `ए´का जिबनाथ भट्टराई भए भने महिला तर्फ जेएसएस `ए´की चन्द्रा चन्द उत्कृष्ट खेलाडी भईन। प्रतियोगिताका उत्कृष्ट खेलडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। साथै, साना नानीबाबुहरुको लागी पनि उमेर समुह अनुसारका खेल प्रतियोगिता गराइएको थियो।

जेएसएस नर्वेले गत ६ वर्षदेखि निरन्तर रुपमा यस खेलको आयोजना गर्दैआएको जेएसएस नर्वेका सभापति जितेन्द्र बिक्रम शाहीले जानकारी दिनुभयो । आइतबार सम्पन्न उक्त खेलमा नर्वेमा बसोवास गर्ने पाँच सय बढी नेपालीहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।

तस्बिरहरु:- सागर अर्याल, ओस्लो, नर्वे

0.jpg

1.jpg

 

2.jpg

 

 

3.jpg

 

5.jpg

 

 

1.jpg

 

2.jpg

 

3.jpg

 

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

 

 

 

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - ०४:४२:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend