जुलाई ११ कोलोराडो डेन्भर मगर समाजको आयोजनामा यही जुलाई ११ तारिक आइतवार अमेरिकाको कोलोराडो राज्यमा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । कोलोराडोको इंटरलोकेन पूर्वी पार्क ब्रूमफील्डमा सम्पन्न कार्यक्रममा विभिन्न उपसमिति गठन गरि कार्यक्रमलाई सहयोग गरिएको थियो।
खेलकुद अन्तर्गत पुरूष भलिबल तातो आलु, स्याक जम्प र चित्तातन्ने जस्ता मनोरन्जनात्मक खेलहरुले रौनकता छाएको थियो । सहभागी पहिलो दोस्रो र तेस्रो हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको थियो। बिभिन्न मौलिक खानपानमा सहभागीले भोजनको स्वाद लिएका थिए।
क्रयक्रममा कोलोराडोमा रहेका ४८ घर मध्ये ८५ जनाको सहभागिता रहेको पिकनिक व्यवस्थापन टोलीका संयोजक टेक बहादुर थापाले जानकरी गराऊनु भयो।