Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -मीना देवी फयेल

गजल -मीना देवी फयेल

नेप्लिज डायस्पोरा

३, श्रावण २०७८
images
गजल -मीना देवी फयेल

 

टक..टक तिमीले दैलो बजाउँदा मैले खोल्न सकिनँ।
खुसी हुँदै तिमी आयौ तर मन खोलेर म बोल्न सकिनँ ।।

तिमी आउने खबरमा नै ज्वारभाटा चलेको मुटुमा ।
तिमीलाई सामु पाउँदा पनि खुसीले म डोल्न सकिनँ ।।

पाएर पनि हराउने डरले मनलाई सताएको थियो ।
कहानीमा तिम्रो सच्चाइको अमृत मैले घोल्न सकिनँ ।।

भगवान् रामको अनुहारभित्र रावणको दृष्टि देखेपछि ।
सीता बनेर दुनियाँको सामु आफूलाई पोल्न सकिनँ ।।



तेलिचुंगा, गहपुर, असम, भारत ।

सतीश चापागाईंको 'सरकार चाहियो' गीतको यो भिडियो हेरेर मनको प्रतिक्रिया दिनुहोला !!!

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - ०४:११:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend