एनआरएनए मिडल ईष्टका युवा संयोजक तथा 'एनआरएनए सिङ्गिङ्ग आईडल'का संयोजक राज रेग्मीलाई अमेरिकाको बाल्टिमोरमा भब्य स्वागत गरिएको छ। कतारका सफल युवा ब्यबसायी समेत रहेका राज रेग्मी अमेरिकाको भ्रमणमा रहेका बेला उनलाई स्वागत गरिएको हो।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको एक कार्यक्रममा रेग्मीले एनआरएनएका मुद्धाहरु मिडल ईष्टमा र अमेरिकामा फरक फरक हुने बताए। रेग्मीले भने, "अमेरिकामा रहेका नेपालीहरुलाई हामीले सहयोग गर्न सक्छौँ, अरबका नेपालीलाई तपाईहरुले सहयोग गर्न सक्नुहुन्छ। त्यो काम एनआरएनएको प्लेट फर्मबाट मात्र सम्भव छ।"
एनआरएनएका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्कीको बिशेष उपस्थितिमा भएको कार्यक्रममा एनआरएनए कोरियाका पुर्व अध्यक्ष राजु क्षेत्रि, एनआरएनए अमेरिकाका नवनिर्वाचित बोर्ड सदस्य डोलनाथ घिमिरे, च्याप्टर सभापति राजु पराजुली, बाल्टिमोरका नेपालीहरुको संस्था बानाका अध्यक्ष सुबोध पन्त, कतारबाट आएर अमेरिकामा ब्यबसाय गरिरहनु भएका ब्यबसायी तथा एनआरएनए अभियन्ता ज्योति रानाभाट लगायतका ब्यबसायी तथा एनआरएनए अभियन्ताहरुको सहभागिता रहेको थियो।
यो कार्यक्रमको सहजीकरण एनआरएनए अमेरिकाका निबर्तमान मिडिया कोअर्डीनेटर तथा नेप्लिज डायस्पोराका संचालक, सम्पादक सतीश चापागाईंले गर्नुभएको थियो।
कार्यक्रममा सबैले रेग्मीले युवास्थामा कतारमा गरेको प्रगति कथाले उत्साह थपेको भन्दै ब्यबसायी रेग्मीको प्रशंशा गरेका थिए।
सो अवसरमा रेग्मीले 'एनआरएनए सिङ्गिङ्ग आईडल'लाई सफलतापुर्वक सम्पन्न गर्नमा सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।
एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली र एनआरएनए अभियन्ता ज्योति रानाभाटको बिशेष पहलमा यो स्वागत कार्यक्रम भएको थियो।