दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको २०२१ - २०२३ कार्यसमितिको लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ। आगामी ३१ जुलाई २०२१ का लागि तय गरिएको राष्ट्रिय अधिवेशनमा जीवन बहादुर शाही, पबित्र बस्नेत र सुरेन्द्र के सीको उम्मेद्वारी परेको एनआरएनए नर्वेको निर्वाचन समिति २०२१ ले जनाएको छ ।
यसैगरी उपाध्यक्षमा पनि तीन जनाको उमेद्वारी परेको छ। जसमध्ये ओस्लो बाहिरबाट दिपेन बिष्ट र ओस्लो भित्रबाट अन्जन बाँस्तोला र नवराज अधिकारीले उम्मेद्वारी दिएका छन्। साथै महासचिबमा बिष्णु गौतमको मात्रै उम्मेद्वारी परेकोले निर्बिरोध भएको छ। त्यसैगरी महिला संयोजकमा प्रबिना मुनकर्मी, युवा संयोजकमा बिक्रम बस्नेत, आइसीसी सदस्य राजु अर्यालको एकल उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।
आसन्न निर्वाचन अन्तर्गत निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार सचिब पदको लागि २ जनाको दाबेदारी रहेको छ। उक्त पदको लागि बिजय काफ्ले र असिम लम्सालको उम्मेद्वारी परेको छ। कोषाध्यक्ष र सह - कोषाध्यक्षमा कुनै पनि उम्मेद्वारी परेको छैन भने सदस्यहरुमा पूर्णचन्द्र भुसाल, शालिकराम ढुंगाना, उमेश प्रसाद गुप्ताको मात्रै आवेदन परेको छ।
निर्वाचन समितिले जुलाई २४ तारिख रातको १० बजेसम्म उम्मेद्वारहरु विरुद्ध उजुरी दर्ता गर्ने र उम्मेद्वारहरुले आफ्नो दाबेदारी फिर्ता लिने समय दिएको छ।
नर्वेमा यो पटक निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरौँ भन्ने आवाज सदस्यहरुबाट चर्को रुपमा सुनिएपनि अहिलेसम्मको अवस्थालाई हेर्दा उमेद्वारहरु मिल्ने सम्भावना एकदम न्यून भएको जानकारहरु बताउछन।
अध्यक्षका उमेद्वारहरु क्रमश: सुरेन्द्र केसी, पबित्र बस्नेतर जीवन बहादुर शाही |