Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सक्रिय, स्वतन्त्र र उत्तरदायी नेतृत्व आजको आवश्यकता हो - सुरेन्द्र के सी, अध्यक्ष पदका उमेद्वार

सक्रिय, स्वतन्त्र र उत्तरदायी नेतृत्व आजको आवश्यकता हो - सुरेन्द्र के सी, अध्यक्ष पदका उमेद्वार

नेप्लिज डायस्पोरा

११, श्रावण २०७८
images
सक्रिय, स्वतन्त्र र उत्तरदायी नेतृत्व आजको आवश्यकता हो - सुरेन्द्र के सी, अध्यक्ष पदका उमेद्वार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको आगामी कार्यसमितिको लागि अध्यक्ष पदमा सुरेन्द्र के सी चुनावी मैदानमा भिड्ने भएका छन्। उनि संगै बर्तमान कार्यसमितिका उपाध्यक्ष जीवन बहादुर शाही र महासचिब पबित्र बस्नेतले अध्यक्षमा उमेद्वारी दिएका छन्। 'समाजको आवश्यकता सक्रिय, स्वतन्त्र र उत्तरदायी नेतृत्व' भन्ने नारा सहित के सी आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा अगाडी सारेका छन्।

नर्वेस्थिति नेप्लिज डायस्पोराका प्रतिनिधि दर्पण तिमिल्सिनाले सुरेन्द्र के सीसंग गरेका छन्।

तपाई आफुलाई नर्वेबासी नेपाली माझ कसरी चिनाउनुहुन्छ ?

- म नर्वेमा विगतमा दुई दशक देखि निरन्तर बस्दै नेपाली समाजका करिब सबै सामाजिक, सांस्कृतिक एबम सहयोग कार्यहरुमा सक्रिय रुपमा सहभागी हुँदै नेपाली समाजका अग्रज एबम साथीहरुसंग राम्रो सम्बन्ध कायम राख्ने एक नेपालीको रुपमा चिनाउन चाहन्छु । नेपाली समाजका सदस्यहरुलाई परेको समस्यामा सदैव साथ दिने सामाजिक व्यक्तिको रुपमा चिनाउन चाहन्छु।

एनआरएनए नर्वेको अध्यक्षमा यहाँको उम्मेद्वारी किन ?

- एनआरएनए नर्वेको स्थापना काल देखि निरन्तर कार्य समितिमा प्रत्यक्ष सहभागी एबम अप्रत्यक्ष रुपमा अग्रजहरु र साथीहरुको अनुरोधमा सक्रियता जनाउदै आएको छु । सन् २००७ साल देखि संस्थाको हरेक कार्यक्रमहरुमा प्रत्यक्ष सक्रिय सहयोग साथै सहभागिता जनाउदै आएको छु। सोहि क्रममा अग्रजहरु र साथीहरुको अनुरोधमा सन् २०१२-२०१५ मा कार्यसमिति सदस्य एबम सन् २०१७-२०१९ मा उपाध्यक्षको रुपमा सेवा गर्ने मौका प्राप्त गरेको छु । पदीय जिम्मेवारी हुँदा एबम नहुँदा मेरो सक्रियता र सहभागीमा कहिले कमि गरेको छैन। पदीय जिम्मेवारीमा हुँदा मैले धेरै सिक्न र अनुभव आदान-प्रदान गर्ने मौका पाएको छु भने जिम्मेवारीमा नहुँदा सक्रिय सहयोग र सहभागिता जनाउदा माया र धन्यबाद पाएको छु । म बिभिन्न सांस्कृतिक र उमेर समुहका अग्रजहरु एबम साथीहरुसंग राम्रो समन्वय छ, जसले मलाई एक जिम्मेवार र स्वतन्त्र व्यक्ति बनायो। मैले विश्वसनीयता, अनुशासन र दक्षताका साथ काम गर्ने क्षमतालाई सुदृढ बनाएको छु । आफ्नो निरन्तर सहभागिता, सहयोग, अनुभव र अग्रज एबम साथीहरुको साथको कारण अध्यक्षमा मैले उम्मेद्वारी दिएको हो।

तपाई अघिल्लो कार्यकालमा उपाध्यक्ष समेत भैसक्नुभएको व्यक्ति, एनआरएनए नर्वेमा तपाईले देखेको चुनौतिहरु के-के रहेछन ?


- करिव ४००० हजार नेपालीहरु रहेको नर्वेमा सदस्यहरु नबढ्नु एक प्रमुख चुनौतिको रुपमा रहेको देखिन्छ। अधिवेसनको बेला मात्र उल्लेखनिय रुपमा सदस्यहरु बढ्नु तर बार्षिक रुपमा नबढ्नुको कारणहरुलाई समाधान गर्नु प्रमुख चुनौती रहेको छ। अन्य चुनौती भनेको भनेको रोजगारीको लागि आएका एबम नर्वेमा अध्ययन गरि स्थाई बसोबास गरिरहेका बीच उच्चतम सम्बन्ध कायम राख्ने मंच निर्माण गर्न पहल नभईरहेको हो । हरेकपल्ट बिद्यार्थीहरुको सदस्यतालाई लिएर हुने विवाद अन्त्य गर्न नसक्नु अर्को चुनौती हो। सबै नेपालीहरुलाई संस्थाको कार्यक्रमहरुमा सक्रिय सहभागी गराउन नसक्नु पनि चुनौतिको रुपमा लिन सकिन्छ। एक दशक भन्दा बढी भईसकेको संस्थालाई आर्थिक एबम सामाजिक रुपमा सबल र साझा बनाउन नसक्नु पनि एक चुनौती हो। सबै संस्थाहरुको आ-आफ्नै चुनौतिहरु छन् तर आफुलाई सबै नेपालीहरुको साझा संस्थाको रुपमा चिनाउन सफल एनआरएनए नर्वेमा समावेशीकरण र महिला प्रतिनिधित्वको पनि चुनौती छन्। दोस्रो पुस्ताका नेपालीहरुमा संस्थाको भूमिका कार्यक्रम एबम उद्देश्यहरु स्पष्ट रूपमा प्रचार गर्न नसक्नु अर्को चुनौती हो। संस्थाको भूमिकालाई तटस्थ बनाई नर्वेजीयन समाजमा अन्तर-सम्बन्ध राख्न नसक्नु पनि चुनौतिको रुपमा मान्नु पर्छ जस्तो लाग्छ मलाई।

एनआरएनए नर्वेको नेतृत्वमा आउनुभो भने तपाईका योजना र प्रतिबद्वता के-के हुन्?


- सर्वप्रथम माथि उल्लेखित प्रमुख चुनौतीहरुलाई पहिचान गर्दै क्रमैसंग अग्रज एबम साथीहरुको सहयोग र सल्लाह बमोजिम चुनौतीहरुलाई मौकाको रुपमा परिणत गर्नेछु । त्यस अलावा अग्रजहरुले गर्दै आएका राम्रो कार्यक्रमलाई निरन्तरता दिनेछु । मेरो प्रमुख योजना भनेको संस्थालाई साझा, स्वतन्त्र, तटस्थ र स्वयंसेवी संस्थाको रुपमा अगाडी बढाउनु हो। नेपाली संस्कृतिहरु, भाषाहरुलाई नर्वेजीयन समाजमा दोस्रो पुस्ताका नेपालीहरु मार्फत प्रचार प्रसार गर्नेछु । स्वयंसेवी एबम संस्थागत सदस्यहरुको संख्या बढाउदै संस्थालाई सबै नेपालीहरुको साझा एबम सबल संस्था बनाउनेछु।
बनाउनेछु ।

गीतकार सतीश चापागाईंको गीत यस्तो सरकार चाहियो हेरौं

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १०:३३:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend