गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको आगामी कार्यसमितिको लागि अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। ३१ जुलाई २०२१ मा हुने राष्ट्रिय अधिवेशनमा अध्यक्षमा ३ जनाको उमेद्वारी परेको छ भने सचिव पदमा २ जनाले उमेद्वारी दिएका छन्।
अध्यक्ष पदको लागि बर्तमान कार्यसमितिका उपाध्यक्ष जीवन बहादुर शाही, महासचिब पबित्र बस्नेत र पुर्व उपाध्यक्ष सुरेन्द्र के सी भिड्ने भएका छन्। यति बेला ओस्लोबासी नेपाली समुदायमा विभिन्न अड्कलबाजी भएपनि तीनै जना बलिया प्रतिस्पर्धी भएकोले चुनावी नतिजा कसको पक्षमा पल्लाभारी हुने हो यसै भन्न नसकिने जानकारहरु बताउछन।
👉म सन २००४ मा यूरोप आएदेखी नै बिभिन्न संघ संस्थामा रहेर काम गरेको छु।एनआरएनए पोर्चुगलको स्थापनाकालदेखी नै म नेपाली समाज संग निकट रहेर सम्पूर्ण एनआरएनको हक हितमा सक्दो काम गरेको अनुभव छ। मोना पोर्चुगलको संस्थापक उपाध्यक्ष हुदै बिभिन्न संस्थाहरूमा विभिन्न जिम्मेवारी एवं नेतृत्व समेत गरेको छु।नेपाल हुदा होस वा पोर्चुगल, नर्वे जहा भए पनि समाजमा सानो ठुलो योगदान गर्नु पर्छ भन्ने मान्यता मेरो हो त्यसै शिलशिलामा अहिले एनआरएनए नर्वेको उपाध्यक्षको भूमिकामा छु।
👉 मैले अघि नै यहाँलाई जानकारी गराइ सके म लामो समय देखी सामाजिक संस्थामा आबद्ध एवं नेतृत्वदायी भूमिकामा काम गरि सकेको छु र नर्वेको सन्दर्भमा पनि म मेरा सुरूवाती दिन देखी नै सक्रिय रूपमा सामाजिक कार्यमा जोडिएको छु। यहाँको नेपाली समुदायलाई दूरगामी असर राख्ने केही महत्वपूर्ण कामहरु गर्नु पर्ने मैले देखेको छु जस्तो कि सन १९७३ मा स्थापना भएको नर्वे नेपाल दौत्य सम्बंधलाई अहिलेको नर्वेको नेपालीहरुको उपस्थिति सुहाउदो प्रभावकारी बनाउनु पर्ने बेला आएको छ। जस्को नेतृत्व एनआरएनए नर्वेले गर्न सक्छ। यहाँका सम्पूर्ण संघ संस्थाहरुसंग सहकार्य गरेर यसको पहल गर्नु पर्छ भन्ने मलाई लागेको छ। त्यसको लागी र एनआरएनएलाई एक पारदर्शी र सक्रिय बनाउनु पर्छ त्यसका लागी ईमानदारीताका साथ काम गर्न मेरो उमेद्वारी आएको हो।
👉 पहिलो कुरा त हामीले चुनौतीहरुको ब्यवस्थापनका लागी सम्भावनाहरूको अध्ययन गर्नु जरुरी छ जस्तो लाग्छ मलाई हाम्रो नर्वेको नेपाली समाज धेरै सम्भावना बोकेको एक दक्ष जनशक्ति भएको समाज छ जसले राष्ट्रीय स्वार्थका धेरै काम गर्न सक्छौ। त्यसकारण यहाँ हजुरले सोधेको चुनौतीको कुरा गर्दा त्यही जनशक्तिलाई एकीकृत गर्दै त्यसलाई हाम्रो समाज र राष्ट्रको निमित्त एकजुट बनाउनु पहिलो र महत्वपूर्ण छ। नयाँ पुस्तामा एनआरएनए प्रतिको विकर्षण अर्को चुनौती हो। महिला सहभागिता उल्लेखनीय नहुनु पनि चुनौतीको रूपमा देखेको छु। बिद्धार्थीहरूलाई एनआरएनएमा कसरी सक्रिय बनाउने भन्ने कुरा पनि उत्तिकै चुनौतीपूर्ण छ। सदस्यता वितरण न्यून हुनु पनि एउटा चुनौती हो।
👉 म सकेसम्म सहमतिको आधारमा सबैको अपनत्व हुनेगरि एनआरएनएको नयाँ कार्यसमिति बन्नुपर्छ भन्ने पक्षमै थिए तर त्यसो हुन सकेन र हामी प्रजातान्त्रिक तवरबाट नेतृत्व चयन गर्ने बाटोमा छौ। मसंग प्रतिस्पर्धी साथीहरु पनि एक सामाजिक पृष्टभुमीबाट आउनु भएको छ यद्धपि मेरो लामो समयदेखीको सामाजिक संस्थाहरुमा काम गरेको अनुभव र मैले आगामी दिनमा समाजलाई दिन सक्ने योगदान र मेरा केही महत्वाकांक्षि योजनाहरु छन तिनलाई पूर्णता दिन मेरो उमेद्वारी सांदर्भिक छ। मैले बोल्ने कुरामा होईन काम गर्ने कुरामा बिश्वास गर्दछु तसर्थ मैले होईन कि सम्पूर्ण मतदाताहरुले मलाई योग्य ठान्नुहुनेछ भन्ने कुरामा म बिश्वस्त छु।
👉 मेरा योजना र प्रतिबद्धता :
- नर्वेको नेपाली समुदायलाई एकीकृत गर्ने।
- नयाँ पुस्ता एवं महिला सक्रियतामा जोड दिदै एनआरएनए प्रतिको आम आकर्षण बढाउन काम गर्ने।
- रोजगारि एवं अध्ययनको शिलशिलामा आउने नेपालीहरुको पेशागत विकासमा जोड दिने।
- विभिन्न क्षेत्रमा विशेषज्ञता हाशिल गरेका व्यक्तित्वहरू एवं अग्रज एनआरएनकर्मीहरुको अपनत्व बोध हुने एनआरएन बनाउने।
- नेपाली स्कूललाई निरन्तरता दिन काम गर्ने
- नर्वे नेपाल दौत्य सम्बन्धमा प्रभाबकारी बिकाश गर्न ठोस पहल गर्ने।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
👉 अन्त्यमा म सम्पूर्ण एनआरएनए नर्वेका सदस्यज्यूहरुलाई मलाई मतदान गरि मेरो यस समाजको सेवा गर्ने र हजुरहरुसंग हातेमालो गरेर एक राम्रो समाज बनाउने अभियानमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु। साथै यो अवसरका लागी हजुर लगायत हजुरको यो अनलाइन पत्रिका टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।