दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको २०२१ - २०२३ कार्यसमितिको लागि अध्यक्ष पदमा जीवन बहादुर शाही निर्वाचित भएका छन ।
अनलाइन भोटिङ मार्फत सम्पन्न भएको निर्वाचनमा निर्वाचित शाहीले २९३ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी पबित्र बस्नेतले १८५ मत पाएका थिए । अध्यक्ष पदको लागि जीवन बहादुर शाही, पबित्र बस्नेत र सुरेन्द्र के सी को उम्मेद्वारी परेको थियो । तर चुनावको केही दिन पहिले सुरेन्द्र के सी ले सामाजिक संजाल मार्फत एक विज्ञप्ति जारी गरेर निर्वाचनमा भाग नलिने घोषणा गर्दै जीवन बहादुर शाहीलाई अध्यक्षमा सहयोग गर्न अपिल गरेका थिए ।
विहान १० बजे देखि साँझ ५ बजे सम्म चलेको अनलाइन मतदानमा ५०२ मतदाता रहेका थिए भने चुनावमा ४८८ भोट खसेको थियो । चुनावी प्रक्रिया बाट हात झिकेपनि सुरेन्द्र के सी ले ४ भोट पाएका थिए ।
यसै गरि निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अनुसार सचिब पदमा बिजय काफ्ले ले ४ मतले असिम लम्साल लाई हराएका छन । निर्वाचित काफ्ले ले २३८ मत प्राप्त गरेका थिए भने असिम लम्साल को पक्षमा २३४ मत परेको थियो ।
यसैगरी उपाध्यक्षमा ओस्लो बाहिरबाट दिपेन बिष्ट र ओस्लो भित्रबाट अन्जन बाँस्तोला र नवराज अधिकारी चयन भएका छन । साथै महासचिबमा बिष्णु गौतमको मात्रै उम्मेद्वारी परेकोले निर्बिरोध भएको छ। त्यसैगरी महिला संयोजकमा प्रबिना मुनकर्मी, युवा संयोजकमा बिक्रम बस्नेत, आइसीसी सदस्य राजु अर्याल निर्बिरोध छनोट भएका छन ।
कोषाध्यक्ष र सह - कोषाध्यक्षमा कुनै पनि उमेदवारी परेको थिएन । सदस्यहरुमा पूर्णचन्द्र भुसाल, शालिकराम ढुंगाना, उमेश प्रसाद गुप्ता चयन भएको निर्वाचन समिति २०२१ ले जनाएको छ ।