Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनेसास नर्वेले भानु जयन्तीमा साहित्यिक कार्यक्रम सहित साधारण सभा गर्यो

अनेसास नर्वेले भानु जयन्तीमा साहित्यिक कार्यक्रम सहित साधारण सभा गर्यो

नेप्लिज डायस्पोरा

१९, श्रावण २०७८
images
अनेसास नर्वेले भानु जयन्तीमा साहित्यिक कार्यक्रम सहित साधारण सभा गर्यो

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्बेले २०८औं ‘भानु जयन्ती तथा संस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

संस्थाकी अध्यक्ष साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा बरिष्ठ साहित्यकार रामकुमार पाँडेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अध्यात्मिक चिन्तक, प्राध्यापक डा. बिशाल सिटौला ज्युको बिशेष आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि पाँडेले दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको कार्यक्रममा विभिन्न अतिथि तथा साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यारोपण गरेर भानु प्रति श्रद्वा सुमन व्यक्त गर्नुभएको थियो। साहित्यकार पाँडेले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनु भएको योगदानको चर्चा गर्दै विविध विधामा लेखिएका आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो।

संस्थाका उपाध्यक्ष रायन सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने बिशिष्ठ अतिथी डा. सिटौलाले नेपाली साहित्य र जीवन-दर्शनका बारेमा सान्दर्भिक मन्तव्य राख्नुभएको थियो।

नर्वेको ओस्लोमा भएको साहित्यिक कार्यक्रममा साहित्यकारहरु डिल्लीराम आचार्य, पूर्ण चन्द्र भुषाल, रामहरि ढकाल, हरि पाठक, दर्पण तिमिल्सिना, दिपक खतिवडा, विष्णु क्षेत्री लगायतले आफ्ना साहित्यक रचना वाचन गर्नुभएको थियो। साथै कार्यक्रममा अनलाइन सहभागिता समेत रहेको थियो। कार्यक्रममा सस्थाका उपाध्यक्ष राजन सुबेदीले आर्थिक प्रतिवेदन तथा उप सचिव दर्पण तिमिल्सिनाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरि कार्यक्रममा अनेसास नर्वेको विधान २०२१ समेत सर्वसम्बत रुपमा पारित गरिएको थियो।

दिपक खतिवडा संयोजक रहनु भएको कार्यक्रमको संचालन संस्थाका सचिव हरि पाठकले गर्नुभएको थियो।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०५:२९:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend