दुबै पक्षको प्रतिवेदन पढेपछि: किन म रवीन्द्र मिश्रको पक्षमा भएँ ?
१- राजतन्त्रको बारेमा रवीन्द्र मिश्रले गरेको प्रशंसा राजा फर्काउने नभई उनीहरुले गरेका राम्रो कामको प्रशंशा मात्र गरेको र लोकतान्त्रिक गणतन्त्र नेपालकै फ़्रेमवर्कमा बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता गरेकोले….
२: संघीयताले अनावश्यक खर्च मात्र बढाउने नभई देशको भू-राजनैतिक बिखण्डनको डर रहेको, नेपालजस्तो सानो मुलुकलाई ७ प्रदेशमा बिभाजन गर्नु छोटे राजाहरुको उदय भएकोले स्थानीय निकायको पुनर्संरचना सहित संघीयता खारेज नेपाली माटो सुहाउँदो भएकोले…
३: देशलाई दूरगामी प्रभाव पार्ने बिषयमा निर्णय गर्ने अधिकार जनतामा सुम्पनु प्रतिगमन नभएको बरु ग़लत बाटो हिडेकोमा त्यसलाई मार्ग परिवर्तन गरी समृद्ध नेपालको लक्ष्य हासिल गर्न आवश्यक रहेकोले…
४: जनमतबाट प्राप्त नतिजाको सम्मान गर्दै पार्टीका लोककल्याणकारी निर्दिष्ट सिद्धान्त अनुरुप अघि बढ्ने प्रतिवद्धता गरेकोले….
५: बहुसंख्यकले मान्ने धर्म/ धर्मावलम्बीहरुको विश्वाशमाथि गरिने कटु आलोचनाले भोलि अप्रिय घटना हुन सक्ने हुनाले त्यसलाई तत्काल सम्बोधन गरिनुपर्ने, तर अल्पसंख्यकहरुको सबै खाले सुरक्षा, संरक्षण र आरक्षण गर्न कुनै कसर नराख्ने कुरा प्रतिवेदनमा उल्लेख रहेकोले…
६: नेपालमा चलिआएका सनातन धर्म र धर्मावलम्बीहरुबाट कुनै धार्मिक हिंसाका घटना नभएकोले मुश्लिम अतिवाद भएका मुलुकमा जस्तो धार्मिक द्वन्द हुने कुनै सम्भावना नभएकोले….
७: प्रमुख राजनैतिक पार्टीहरुमा समेत संघीयता र धर्मनिरपेक्षताबारे ब्यापक असन्तुष्टि भई यसका बिरुद्धमा जनमत बढ्दै गएकोले….
८: विवेकशील साझा पार्टीका बहुमत सदस्यहरुले रवीन्द्र मिश्रको प्रतिवेदनको प्रशंशा गरेर पछि नहट्न दवाव दिएकोले….
९: वैकल्पिक राजनीति अतिरिक्त खेलाडीजस्तो नभई मूख्य भूमिका निभाउने केन्द्रीकृत राजनीति भएकोले जनताले खोजेको र रोजेको गर्न वाञ्छनीय भएकोले….
१०: ब्यक्तिगत रुपमा ईमान, क्षमतावान र राजनैतिक रुपमा परीक्षण नभएकोले ….
१२: फरक मत राख्ने मित्रहरुको प्रस्तावहरु विवेकशील साझाकै निर्दिष्ट सिद्धान्तहरु भित्रैबाट भएको तथा ब्यावहारिक जटीलता र टालटुले एक्जजरेसन तथा कुनै अमुक दलको घोषणापत्रको कपी पेष्ट भएकोले…
१३: जनताले पटक पटक एग्रेसिभ एजेण्डाको माँग गरेकोले…
१४: नेपालका ॐकारमा आस्थावान बौद्ध, जैन र शिख तथा आदिवासी मुश्लिमहरु पनि हिन्दुराज्यकै पक्षमा भएकोले….
१५: प्रतिवेदनमा ब्यवस्था( गणतन्त्र ) बदल्ने कुरा नभई अवस्था( जनमतले अनुमोदन गरेमा संघीयता र धर्म निरपेक्षता) मात्र भनेकोले….
रवीन्द्र मिश्रको यो प्रतिवेदन आगामी महाधिवेशनले पारित गर्न सकिने तथा संघीयताका र धर्म निरपेक्षताको सकसबाट नेपाललाई मुक्त दिन बृहद मोर्चावन्दी बन्ने सम्भावना देखिएकोले यसका सारभूत कुराहरुमा सामान्य संसोधनसहित पास हुन सकिने देखिएको छ।
यसकारण म रवीन्द्र मिश्रको साथमा छु। 🙏