Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाना कप भलिवल प्रतियोगिता अन्तिम चरणमा, जताततै उत्साह

बाना कप भलिवल प्रतियोगिता अन्तिम चरणमा, जताततै उत्साह

नेप्लिज डायस्पोरा

५, भाद्र २०७८
images
बाना कप भलिवल प्रतियोगिता अन्तिम चरणमा, जताततै उत्साह

 

बाल्टिमोरको सामाजिक संस्था बानाको आयोजनामा बाल्टिमोरमा अर्को हप्ता भलिवल प्रतियोगीता गर्ने जनाएको छ। बानाको १६ औं बर्ष गांठको उपलक्ष्यमा भलिवल प्रतियोगीता कार्यक्रम गर्न लागेको बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिएका हुन्।

यहि अगष्ट २१ र २२ तारिख आईतबार भलिवल प्रतियोगिता हुने कुरा बानाका युवा तथा खेल विभाग प्रमुख दमन बिक्रम शाहले बताए। खेलको सबै तयारी अन्तिम चरणमा पुगेको बाना कप भलिवल प्रतियोगिता २०२१ का संयोजक भीम केसीले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

खेलका लागी आवश्यक नियम र खेलाडी समुहकाको सहभागिताका बारेमा सबै काम सम्पन्न भईसकेको संजोक कार्कीले जानकारी दिएका छन्।

नेप्लिज डायस्पोराको कार्यक्रम जोग सन्जोगमा बोल्दै बाना कप भलिवल २०२१का तयारी समितिका सबैले एक स्वरमा भने, "बाना कप भलिवल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ र जताततै उत्साह छाएको छ।"

खेलाडी, भोलेन्टियर र समाजका बिभिन्न तह तप्काबाट सहयोग प्राप्त भईरहेको आयोजकले जानेको छ। कार्यक्रमको मिडिया पार्टनरमा नेप्लिज डायस्पोरा, डिसी नेपाल र ईनेप्लिज रहेका छन्।

 

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०२:४५:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend