Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

"थियौ तिमी दिलमा" गजलका संगीतकार राजेश थापालाई सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मान

"थियौ तिमी दिलमा" गजलका संगीतकार राजेश थापालाई सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मान

नेप्लिज डायस्पोरा

५, भाद्र २०७८
images
"थियौ तिमी दिलमा" गजलका संगीतकार राजेश थापालाई सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मान

 

यस वर्षको बोष्टर मिडिया सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मानबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानी काठमान्डूमा आयोजित एक विशेष समारोह बीच सम्मान गरिएको हो ।

उनले बोष्टर मिडियाद्वारा राजधानीमा सम्पन्न ‘ तेस्रो बोष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट सुगम संगीततर्फ सर्वोकृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका हुन । नेपाली सुगम संगीतमा दुइ दशक देखि क्रियाशील संगीतकार राजेशलाई गजलकार डा ऋषि बस्ताकोटीको शब्द र गायक राज सिग्देलको आवाजमा रहेको ”थियौ तिमी दिलमा” बोलको गजलका लागि उत्कृष्ट संगीतकारको सम्मान प्रदान गरिएको हो ।

आफुले उक्त सम्मान पाएकोमा खुसी ब्यक्त गर्दै मन छुने शव्दमा संगीत गर्न र साधनाले खारिएका गायकसंग सहकार्य गर्न पाएकोले यो उत्कृष्ट सिर्जना सम्भव भएको बताउंदै संगीतकार थापाले रचनाकार र गायकप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले सबै दर्शक श्रोताहरुको माया र साथले यो सफलता प्राप्त गर्न सम्भव भएको बताउर्दै उनले सबै प्रति विशेष आभार ब्यक्त गरेका छन ।

संगीतकार थापाले यस अगाडि पनि निरन्तर संगीत कर्म मार्फत कला र सस्कृतिको विकासमा योगदान पुयाए बापत विभिन्न संघ संस्था र विभिन्न निकायबाट सम्मानित भएका छन । उनले संगीत सिर्जना गरेका दर्जनौ एकल एल्बम, संयुक्त एल्बम र थुप्रै चर्चित गीत संगीत बजारमा उपलब्घ रहेका छन |

                 .   

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०४:४७:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend