Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कन्हैया सिंह परियार नेतृत्वमा बनेको इनास अमेरिकाको नयाँ नेतृत्वको सपथ ग्रहण, बिभिन्न व्यक्तित्व सम्मानित

कन्हैया सिंह परियार नेतृत्वमा बनेको इनास अमेरिकाको नयाँ नेतृत्वको सपथ ग्रहण, बिभिन्न व्यक्तित्व सम्मानित

नेप्लिज डायस्पोरा

८, भाद्र २०७८
images
कन्हैया सिंह परियार नेतृत्वमा बनेको इनास अमेरिकाको नयाँ नेतृत्वको सपथ ग्रहण, बिभिन्न व्यक्तित्व सम्मानित


ईनास अमेरिकाको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै सपथ खुवाईएको छ। आईतबार अमेरिकको भर्जिनिया स्थित फेयर फ्याक्समा सम्पन्न एक भब्य समारोहमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सोहि कार्यक्रममा नेपाली कला र संस्कृतिलाई बिशेष सम्मान गरे बापत बिभिन्न ब्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईं, बानाका अध्यक्ष सुबोध विलास पन्त, साहित्यकार तारा पराजुली, खेलाडीहरु राजकुमार थापा, चन्द्र लामा र कृष्ण बलाल, चलचित्र निर्देशक केपी पाठक, बरिष्ठ हाँस्य कलाकार शिवहरि पौडेल र सुन्दरी नग्मा गुरुङ हुनुहुन्छ ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि साबु गदाल कार्कीले प्रमाण पत्र सहित संस्थाको मानार्थ सदस्यता प्रदान गर्नु भएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा नयाँ कार्य समितिलाई प्रमाण पत्र सहित सपथ खुवाईएको थियो। कार्यक्रममा ईनास अमेरिकाका नयाँ अध्यक्ष कन्हैया सिंह परियारको नेतृत्वमा समिति बनेको छ। कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहनु भएको थियो ।

समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल नेपाल फिस्टे, उपाध्यक्षहरुमा अंकुश नेपाल र रिता श्रेष्ठ, महासचिव रमेश मैनाली, सचिव सन्त पोखरेल, कोषाध्यक्ष राजन अधिकारी, सह कोषाध्यक्ष गीता रेग्मी लगायत १७ जनाको टीम हुनुहुन्छ |

त्यस्तै इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अधक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ भने मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ ।

यसैगरी पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ भने केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ ।

पहिलो चरणको कार्यक्रम सकिएपछी दोस्रो चरणको कार्यक्रममा सांस्कृतिक झल्को सहितको नाच गान प्रस्तुत गरिएको थियो।

इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरुको वृहत संस्था हो ।

इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले संगीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।

 

1.jpg

 

1.jpg

 

1.jpg

 

 

1.jpg

 

1.jpg

 

गीतकार सतीश चापागाईंको सरकार चाहियो !

 

 

 

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १८:५६:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend