Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -प्रविन खड्का

गजल -प्रविन खड्का

नेप्लिज डायस्पोरा

८, भाद्र २०७८
images
गजल  -प्रविन खड्का

मायाले दिएको हो मन, सम्झीयौ सामान फ्याकिदियो
गलत थियौ दिए सुझाव, भैदियो अपमान फ्याकिदियो

तिमीलाई तिमी बनाउन यहाँसम्म पुराउन मैले म बिर्सिए
तिमीले भन्यौ यो त रहेछ बेईमान फ्याकिदियो

एउटा सुन्दर सपना थियो, रहरहरुले भरिएको
कसको नजर लाग्यो भैदियो अफगानिस्थान फ्याकिदियो

भाषणमा समाज जोड्छु भन्नुभो, मैले पहिला मन जोडौ भने
चुनाबको रणनिति पो'रहेछ, धत् बनायो हनुमान फ्याकिदियो

जे जस्तो थियो देश थियो, आफ्नो भन्नु केही त थियो
आयो मनलाग्दी गर्यो च्यात्यो संबिधान फ्याकिदियो

मान्छे जस्तो बैगुनी, स्वार्थी अरु कोहि हुदैन रहेछ
पाएपछि प्रियाको काख, भन्दोहो सिरान फ्याकिदियो

मेरिल्याण्ड

(खड्का एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सचिव हुन। -सम्पादक।)

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १९:२७:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend