इतिहासको धेरै अगाड़ी पनी नजाऊँ, २०४६ साल देखी अहिले सम्म मात्र पनी नेपाल मा धेरै शाशन व्यवस्था परिवर्तन भए।
२०४६ सालमा प्रजातन्त्रको उदय पस्चात राजाको प्रत्यक्ष शाशनकाल हुदै देश अहिले संघीय लोकतांत्रिक गणतांत्रिक देशको रुपमा अगाड़ी बढ़ेको छ। भनाईमा लोकतांत्रिक गणतांत्रिक देश भनिय तापनी अंतर्यमा त्यो पाईदैंन।
हामी आफुलाई समाजबाद उन्मुख देशको नागरिक ठानदछौ र पनी देसको प्रतिकूल अबस्थाको कारण आज लाखौ युवाहरू खाड़ीमा पसिना बग़ाऊँन बाध्य छन। ब्रेन ड्रेनको समस्या उस्तै छ । योग्य जनशक्तिहरू देश छोडेर पलायन हुन बाध्य छन। त्यो पनी बिलासी जीवन र आलीशान महलको सपना बुनेर होईन, केबल सकेदेखी शहर र त्योपनी नसके गाऊमा १ , ४७, १८१ बर्ग क़ीलोमिटर भित्र आफ़नो अस्तित्व खोज्दै मात्र ४ आना जग्गामा ४ कोठाको टाउको लुकाऊने झुपड़ि बानाऊने आशमा।
हुन त देशले क़ोलटे फेर्यो, क्रांति सफल भयो, जनताको जीवनस्तर उकसियो, देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आइसक्यो, देश अब समाजवादको दिशा तर्फ अगाड़ी बढ़ी सक्यो भनछन, केबल यो त नेताको बोलीमा मात्र सीमित छ, आज पनी कैयौ नेपाली जनता एउटा सिटामोल खानु नपायर अकालमा ज्यन गुमाउन बाध्य छन। हूम्ला जुम्ला कालिकोट जस्ता ज़िल्लाहरूमा सामान्य पखला लाग्दा एक पुरिया जीवनजल खानु नपाएर मृत्युबरण गर्न बाध्य छन।
सायद हाम्रो समाजवादले त सबै बराबरी, सबैलाई समान हक़ अधिकार, सबैको उतिकै पहुँचको कल्पना गरेको थियो तर आज यो व्यवहारमा देखा परेको छैन। यो त केबल देशमा रहेक़ा दुई चार एलीयट वर्गलाई मात्र हो भन्ने भएको छ। यही समाजवादको एउटै छहारीमा बस्ने नागरिक कोहि सामान्य रूघा खोकि लाग्दा पनी सम्पन्न मुलुकका सुबिधा सम्पन्न अस्पतालमा गएर महँगो औषधि उपचार गराउछन भने भने कोहि सामान्य स्वस्थ चौंकीको मुख पनी नदेखी इहलीला समाप्त पार्नु बाध्य हुन्छन।
कहिलेसम्म यो विभेद ? शिक्षा स्वस्थ, सम्पतिमा सबैको बराबरी पहुँच कहिले प्राप्त हुन्छ? के हामी साचै समाजवाद उन्मुख बाटोमा छौ त? देशको परिवर्तन केबल दुई चार एलीयट बर्गको लागी मात्र की सबैलाई? यी प्रश्नहरूको जबाफ चाहिएको छ आजभोली ।
यो लेख लेख्दै गर्दा मैले केही समय अगाड़ी सामाजिक संजालमा हेरेको एउटा भिड़ियोको प्रसंग याद आयो र म त्यो लाई यहाँ जोड़न चाहन्छु । त्यो भिड़िओमा धेरै क़ुरा त स्पष्ट छैन , तेस्मा बुझिय अनुसार नाइजीरियाको एक जना सांसद आफ़नो औषधि उपचारको लागी सुविधा सम्पन्न अन्य मूलकमा जानछन, यसरी आफ़नो देशको सांसद औषधि उपचार गर्नु आऊदै छ भन्ने थाह पायपछी त्यो देसमा बस्ने नाइजीरियन नागरिकहरू भेला जम्मा हुंनछन र तेसरि आफ़नो देशमा औषधि उपचार नगरी बिदेसमा आयको आफ़नो देशमा औषधि उपचार गरने अस्पताल बना भनेर मजालें भकुरछन ।मैले यो दृष्टांत यहाँ किन प्रस्तुत गरिरको छु भने फेरि सिंगापुर तीरको नेपाली हरू पनी जाग है, भन्ने अभिप्राय ले होईन, तर ढिलो या चाडो हामी कहा पनी यो दिन आउछ है, सहु सहु बाबु सहन सके ज़ती, अति भय पछी अवश्य हुंछ ख़ती।
समग्रमा मैले उठाऊन खोजेको क़ुरा के हो भने जबसम्म कुनै पनि देशको राजनिती सफ़ा हुदैन, जबसम्म मूल्य मान्यतामा अडिग राजनीति हुदैन, जब सम्म नेतृत्व सबल, सक्षम, पारदर्शी र भ्रष्टाचार रहित हुदैन, तबसम्म कुनै पनि देशले विकास र सम्बृधि प्राप्त गर्नु सक्दैन, त्यो केबल नारामा मात्र सीमित रहन्छ ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा पनी केबल नारामा मात्र सिमीत नहोस, विकास र समृद्धिको अनुभूति सिंहदरबार वरिपरी रमाउनेले होईन दूरदराज़को जनताको अंतर्मनबाट प्रस्फुटन हुन सकेमात्र संघीय लोकतंत्र गणतंत्रले सार्थकता पाऊछ।
देशमा व्यवस्था परिवर्तन भयपनि जनअपेक्षा अनुसार संवृद्धि बिक़ास र रूपान्तरण हुन सकेको छैन। पुराना पार्टीहरू र तिनै पुराना नेतृत्व गर्ने अनुहारबाट अब बिकास र संमबृधि प्राप्त हने देख़िदैंन।
देश पछाड़ी पर्नुमा जतिको दोस नेताको छ हाम्रो पनी उतिकै छ। जबसम्म हामीमा गुण र दोषको आधारमा कुनैपनी राजनीतिक दलको समर्थन या बिरोध गर्ने प्रवृत्तिको बिक़ास हुदैन तबसम्म सुधारको अपेक्षा गर्नु मूर्खता हुन्छ।
हामी आखामा पट्टी बाधेर जब कुनै दलको भजन गाउछौ, चाहे जसतो सुकै ग़लत गरोस ठीक देखदछौ, कुनै अमुक पार्टीको बफादार झोले बनछौ तबसम्म नेतृत्वक़ो आखा खुलने छैन। हामी केबल उनिहरुको लुटको साक्षी बन्छौ।
देश अहिले कोरोंनाको चपेटामा छ , लामों समयदेखी अर्थतन्त्र चलायमान छैन, बेरोज़गारी बढ़दो छ। उद्योग कलकारख़ाना बन्द प्रायः छन। रेमीटेनसको भरमा देश चलेको छ। जनताले कोभिडको भ्यक्सिंन लगाऊँन पायको छैनन, देशको हालत कती गय गुज़्रेको छ भन्ने क़ुरा भूटानले हालै तीन लाख खोप सहयोग गरे बाट पुस्टि हुनछ।
अन्त्यमा यो हाम्रो देशको परिबर्तन गर्ने ज़िम्मेवारी तपाई हाम्रो हातमा छ, कुनै दल पार्टीभंदा माथि उठौ। देशलाई प्राथमिकतामा राखौ। गुण र दोषक़ो आधारमा समर्थन र विरोध गरौ।
आस्था र भावना मिलने दलको झोला बोकौ तर आखामा पट्टी बाधेर एकोहोरो भरीया नबनौ। कसैलाई देवत्वकरण र कसैलाई राक्षसीकरण नगरौ। सबै मिलौ देस विकासमा हातेमालो गरौ।
( नेपाल सरकारको पुर्व प्रहरी अधिकृत सन्तोष श्रेस्ठ हाल अमेरिकाक़ो बॉल्टिमोरमा बस्नुहुंछ। उहाँ समसामयिक बिषय बस्तुहरूमा कलम चलाउने गर्नुहुन्छ। -सम्पादक।)