एमसीसी नेपाल कै योजना भएको अमेरिकाका एक प्रोफेसरले बताएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यस्थित मोर्गेन स्टेट युनिभर्सिटीमा प्राध्यापन गर्दै आएका उत्तम गौलीले उक्त कुरा बताएका हुन। नेप्लिज डायस्पोराको जोग सन्जोग कार्यक्रममा सतीश चापागाईंसंग बोल्दै गौलीले भने, म पनि नेपाललाई माया गर्छु, यो योजना नेपालको हितमा छ। डराउनु पर्ने केहि कारण छैन।"
गौलीले बिभिन्न कार्यक्रम मार्फत यो कार्यक्रमको पक्ष पोषण गर्दै आएका छन्। कार्यक्रमका बेला उनले आफु स्वतन्त्र पेशामा काम गर्ने ब्यक्ति भएकोले आफु माथि पनि शंका नगर्न अनुरोध गरेका थिए। उनले आरोप लगाए, "यो कार्यक्रमको बिरोध गरेर केहि मानिसले रमाईलो मानिरहेका छन।"
अध्ययन बिना फेसबुक यु ट्युबमा चर्चा कमाउन कै लागी गरिने बिरोधका पछाडी लाग्दा अरुण तेस्रो जस्तै नेपालीको भाग्य र भविश्य परिबर्तन गर्ने एउटा सुबर्ण अवसर गुम्ने खतरा रहेको पनि उनले टिप्पणी गरे।
गौलीसंगको भिडियो हेर्नुहोस