Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

नेप्लिज डायस्पोरा

२२, भाद्र २०७८
images
एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद्को आगामी कार्यकाल २०२१ – २३ को लागि यूरोप संयोजक पदमा बर्तमान यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङले उम्मेदवारी दिनुहुने भएको छ ।

एक दशक भन्दा लामो समयदेखि एनआरएन अभियानमा सक्रियताका साथ लागिरहेका गुरुङले एनआरएनको संस्थागत विकासका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता सहित यूरोप संयोजक पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।

२ दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएका गुरुङ एनआरएनए स्पेनको २००९ – ११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि कार्यकाल २०१५ – १७ मा एनआरएनए स्पेनको अध्यक्ष हुनुभएका गुरुङले एनआरएनए स्पेनलाई संस्थागत गर्ने विषयमा ठुलो योगदान गर्नु भएको छ ।

एनआरएनए स्पेनलाई झोलामा अफिस बोकेर हिड्ने अबस्थाबाट माथि उठाएर आफ्नै कार्यालय सञ्चालनको ब्यवस्था र अरु थुप्रै संस्थागत सुधारमा आफु लागेको उहाँले बताउनुभयो ।

गुरुङ कार्यकाल २०१७ – १९ मा आईसीसी सदस्य हुनुभयो भने हाल यूरोप उपसंयोजक रहनुभएको छ । यूरोप उपसंयोजकको रुपमा धेरै कामहरु गर्ने योजना रहेपनि कोरोना कालले गर्दा यो बीचमा कोरोनासँग लड्ने र त्यसका बिरुद्ध लड्न सहयोग आदान


प्रदान गर्ने काममै धेरै समय बितेको उहाँले बताउनुुभयो । यूरोप उपसंयोजकको रुपमा गर्न नभ्याइएका धेरै कामहरु अब यूरोप संयोजक भएर सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - ०१:१२:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend