Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सगरमाथा सांगीतिक साँझको टिकट सोल्ड आउट

सगरमाथा सांगीतिक साँझको टिकट सोल्ड आउट

नेप्लिज डायस्पोरा

२६, भाद्र २०७८
images
सगरमाथा सांगीतिक साँझको टिकट सोल्ड आउट

बरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने र अर्का चर्चित आधुनिक गायक हेमन्त शर्माको अमेरिकाको बाल्टिमोरमा हुने कार्यक्रमको टिकट सबै बिक्री भएको आयोजकले जनाएका छन्। "कार्यक्रमको सबै टिकट सोल्ड आउट भयो।" कार्यक्रम आयोजक सगरमाथा सांगीतिक साँझकी संयोजक सिर्जना बिरही थापाले भनिन।

बाल्टिमोरको माउन्ट एभरेष्ट रेष्टुरेन्टमा हुने कार्यक्रमको भब्य तयारी भईरहेको पनि अम्योजक थापाले नेप्लिज डायस्पोरालाई जानकारी दिईन। बरिष्ठ लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापा यो कार्यक्रमकी संयोजक हुन्।

सांगीतिक कार्यक्रमका लागि गायक पुरुषोत्तम न्यौपाने र अर्का चर्चित आधुनिक गायक हेमन्त शर्मा अमेरिकाको आईसकेका छन्। न्यौपाने सेप्टेम्बर ९ तारिखका दिन अमेरिका आईपुगेका हुन् भने हेमन्त शर्मा झन्डै एक महिनादेखि यहि अमेरिका मै छन्।

संयोगवश न्यौपानेको आजै जन्मदिन हो। "पुरुषोत्तम दाईलाई हामीले अमेरिकाको बाल्टिमोरमा स्वागत गरिसक्यौं। आईतबार मेरिल्याण्डको बाल्टिमोरमा दाईको भब्य कार्यक्रम छ। " यो कार्यक्रम आयोजना गर्न बिशेष भूमिका खेलेका सर्जक तथा लोक तथा दोहोरी गायक उदय भट्टराईले भने।

कार्यक्रमलाई सफल बनाउन गायक भगवान भण्डारी पनि सक्रिय छन्। भण्डारी यो कार्यक्रमको सहसंयोजक हुन्। कार्यक्रममा गायक राजन ठकुरीले उद्घोषण गर्ने छन्। कार्यक्रममा आर्थिक संयोजकको जिम्मेवारी कलाप्रेमी ढाकाराम खनालले लिएका छन्।

यो कार्यक्रममा राजु ढुंगेल, अमृत रामदाम, खिम मश्रांगी मगर, सुजन रामदाम र साकार थापाले बाध्यबादनको भूमिका निर्वाह गर्नेछन। मेरिल्याण्डका सबै पक्ष बाट यो कार्यक्रममा सहयोग मिलेकोमा आयोजकहरु खुशी छन्।

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - ०६:४७:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend