Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिचरा “उनीहरु" ! -राम प्रसाद खनाल

बिचरा “उनीहरु" ! -राम प्रसाद खनाल

नेप्लिज डायस्पोरा

२९, भाद्र २०७८
images
बिचरा “उनीहरु" !  -राम प्रसाद खनाल


डुङ्डुङी गन्हाउने फोहोरी राजनीतिमा
सुन्छु म जब जब,
उनीहरू "नेता" बनेको
फलानो पार्टीको कुन्नि के जति,
पदमा निर्वाचित भयो रे भनेको
पढ्छु त्यस्तै त्यस्तै समाचारहरू
सुन्छु तिनीहरूका भ्रमित बिचारहरू
अझ त्यस माथि,
सामाजिक सञ्जाल रङ्गाउँदै
देख्छु बधाई र शुभकामनाका खातहरू
अलाप र रागहरूले भरिपूर्ण बातहरू
अनि मेरो ब्रह्मले मै सँग भन्छ
बिचरा उनी पनि गएछन्
फेरी अर्को आँखा देख्ने तर "अन्धो" भएछन्
उनीहरूका सपनाहरू,
जिन्दगीका आशा र विश्वासहरू
आफ्नो मात्र होइन
सन्ततिको उज्ज्वल भविष्य
तारे भिरको टुप्पोबाट
हाम फालेर आत्महत्या गरेछ !
तिनका लाला बाला र आफन्तजनको सपना
पिपलमा ऐजेरु बेरिए जस्तै बेरिए छ
अनि व्यक्त गर्न मन लाग्छ दिलै देखी सहानुभूति
दिन्छु मनमनै राजनीतिक श्रध्दान्जली
व्यक्त गर्दछु समवेदनाका लहरहरू
उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै !

 सेप्टेम्बर १२, २०२१

 

शिशिर योगीको चर्चित गीत सरकार चाहियो (भिडियो सहित)

 

 

 

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ०५:२६:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend