Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेप्लिज डायस्पोरा

५, आश्विन २०७८
images
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टरकाे प्रथम वार्षिक साधारण सभा हिजो क्यान्स सिटी क्यान्ससमा सम्पन्न भएकाे छ ।

क्यान्सस च्याप्टरकी अध्यक्ष कमला न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा क्यान्सस सिटी नेपाली साेसाइटीका वर्तमान अध्यक्ष, दिनेश गुरुङ, पुर्व अध्यक्ष पराग गाैचन नेपाली भाषा पाठशालाकी शिक्षक सृजना उप्रेती, गाएक एवं माेडल कर्णवीर गीतकार एवं माेडल रिमा श्रेष्ठ, च्याप्टरका कार्यसमिति एवं अाजीवन सदस्य लगाएतको सहभागिता थियाे ।

स्वागत मन्तव्यसँगै च्याप्टरका वरिष्ठ उपाध्यक्ष सराेज गाैतमले अनेसास केन्द्रका अध्यक्ष प्रकाश पाैडेल 'माइला' काे लिखित शुभकामना मन्तव्य पढेर सुनाउनु भएकाे थियाे । शुभकामना मन्तव्यमा उहाँले अनेसासको मूल मर्म र भावना अनुरुप अझै उल्लेख्य कार्य गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका लागि मात्र होइन, सम्पूर्ण डायस्पोरिक साहित्यिक अभियानका लागि महत्वपूर्ण काम गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा रचना वाचन, च्याप्टरकाे भाैतिक एवं अार्थिक प्रगति प्रतिवेदन प्रस्तुत तथा नेपाली भाषा साहित्यमा कलम चलाउने स्थानीय स्रष्टाहरु गीतकार एवं माेडल रिमा श्रेष्ठ, गायक एवं माेडल कर्णवीर, कवि लक्ष्मण रसाइली, नेपाली च्याप्टरकाे लाेगाे डिजाइनर इलैना गुरुङ लगाएतलाई सम्मान गरिएकाे थियाे ।

मन्तव्यकाे क्रममा नेपाली भाषा पाठशालाकी शिक्षक सृजना उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृति दाेस्राे पुस्तामा हस्तान्तरण गर्नु हाम्राे दायित्व रहेकाे बताउनु भएकाे िथयाे, त्यस्तै क्यान्सस सिटी नेपाली साेसाइटी अध्यक्ष दिनेश गुरुङ एवं पुर्व अध्यक्ष दिनेश गुरुङले हामी नेपाली जहाँ रहेपनि नेपाल र नेपाली भाषा, साहित्य र संस्कति जाेगाउन एकजुट भएर लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

कवि लक्ष्मण रसाइली, कवि उज्वल तुलाचन, डा. केशव भट्टराई, कवि राजेन ,राई, कवि तृष्णा भट्टचन, गजलकार पुर्ण विश्वा, कर्णवीर र कवि कमला न्याैपाने लगाएतका स्रष्टाहरुले अा-अाफ्ना रचना वाचन गर्नु भएकाे उक्त कार्यक्रम च्याप्टरकी सचिव कल्पना तामाङले सञ्चालन गर्नु भएकाे थियाे भने नेप्लिज डायस्पाेराबाट उक्त कार्यक्रमकाे प्रत्यक्ष प्रसारण भएकाे थियाे ।

2.jpg

 

1.jpg

 

सतीश चापागाईंको कविता विमानस्थलमा बा !!

               

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०६:५९:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend