एनआरएनए आईसीसीका कोषाध्यक्ष महेश श्रेष्ठलाई अमेरिकाको मेरिल्यान्डमा स्वागत गरिएको छ। मेरिल्यान्डको बाल्टिमोरमा भएको कार्यक्रमको अगुवाई एनआरएनए मेरिल्याण्ड च्याप्टरले गरेको थियो। कार्यक्रममा बर्तमान अन्योल अबस्था र भबिश्यमा संस्थालाई कसरी बिबाद रहित बनाउन सकिन्छ भन्ने महत्वपूर्ण बिषयमा छलफल भएको थियो।
सो अवसरमा बोल्दै केन्द्रिय कोषाध्यक्ष श्रेष्ठले एनआरएनएले अहिलेसम्म भावनात्मक प्रोजेक्टहरु मात्र गर्दा सफल हुन् नसकेको भन्दै अब आवश्यकताका पहिचान गर्दै योजनाहरु बनाउनु पर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा अमेरिकाजका संयोजक राजन त्रिपाठी, अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, आईसीसी मानार्थ सदस्य प्रेम श्रेष्ठ, आईसीसी मेम्बर नविन बिक, एनआरएनए कोरियाका पुर्ब अध्यक्ष राजु क्षेत्री लगायतका बिशिष्ठ पदाधिकारीहरुको सहभागिता थियो। अमेरिकाजका आरसी राजन त्रिपाठीले "कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेकोमा च्याप्टर अध्यक्ष राजु पराजुली लगाएत च्याप्टर परिवारलाई बिशेष धन्यवाद तथा उपस्थित भएकोमा संपूर्ण अभियन्ताहरुप्रति आभार ब्यक्त गर्नु भएको थियो।"
अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थले एनआरएनएमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको थियो।
कार्यक्रममा श्रेष्ठले आगामी अधिबेशनमा आफु एनआरएनएको उपाध्यक्ष उठ्ने बताउदै सहयोगको लागी सबैसंग अनुरोध समेत गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबै बक्ताहरुले श्रेष्ठले बिबादमा नफसेर राम्रा काम गरेकोले सबैले सहयोग गर्ने प्रतिबद्दता पनि ब्यक्त गरेका थिए।
सोहि कार्यक्रममा अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीले पनि आफु आईसीसीको कोषाध्यक्षमा चुनाव लड्ने भन्दै सहयोगको लागि अनुरोध गर्नु भएको थियो। कार्यक्रममा सहभागी चीनबाट आईसीसी मेम्बर रहनु भएका नविन बिकले आगामी अधिबेशनमा आफू एशिया प्यासिफिक सह संयोजकमा उमेद्वारी दिने बताउदै सहयोगको लागि अनुरोध गर्नु भएको थियो।
कार्यक्रम खादा माला रहित र आसन ग्रहण बिना नै भएको थियो।