Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कविता : रगतको पोलाई ! - रामप्रसाद खनाल

कविता : रगतको पोलाई ! - रामप्रसाद खनाल

नेप्लिज डायस्पोरा

१७, आश्विन २०७८
images
कविता : रगतको पोलाई ! - रामप्रसाद खनाल


"रगतले पोल्छ"
त्यसै भनेका होइनन् रहेछन् बुढापाका
पोल्दो रहेछ,
भतभती पोल्दो रहेछ !
पोल्ने रगत,
कसै कसैलाई ठाडै सुकाउँदो रहेछ
कसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछ
कसै कसैलाई त झन्....,
आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !
कतिखेर बरबराउने,
कति खेर रुन मन लाग्ने,
अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !
कति खेर फेरी जङ्गल जान मन लाग्ने
कतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्ने
कति खेर जुट्न मन लाग्ने
कतिखेर फुट्न मन लाग्ने
यता जाम कि उता जाम अस्थिर बनाउने
वल्ला घरको नरे, पल्ला घर सरे जस्तै
सरी रहने,
शक्ति र भक्तिका लागि मरिरहने
छिन मै हाँस्ने
छिन मै रुने
जे पनि गर्ने
जसो पनि बोल्ने
मानसिक अस्पताल भित्र,
शैयामा बरबराउने बिरामी जस्तो !
कतिखेर भावुक हुन मन लाग्ने
अचम्मकै हुँदो रहेछ रगतको पोलाई !
त्यसैले रगत सँग नखेल्दा राम्रो
रगतको होलीबाट टाढै हुँदा राम्रो
रगतसँग खेल्न त परैको कुरा,
रगत नछुँदा नै राम्रो
रगतलाई शरीर भित्रै खेल्न दिएको राम्रो
मुटुलाई फिल्टर गर्न दिएकै राम्रो
रगतको होली नबगाएकै राम्रो
यस्तै छ जिन्दगीको अनुभव र ठम्याइ हाम्रो
नपत्याए रगतले पोलेकाहरूलाई सोध्नुस !
 अक्टोबर ०२, २०२१


नेपालमा यस्तो सरकार कहिले आउला

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - ०४:४०:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend