Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अध्यक्षमा डा.बद्री केसीद्धारा औपचारिकरुपमा उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा डा.बद्री केसीद्धारा औपचारिकरुपमा उम्मेदवारी घोषणा

नेप्लिज डायस्पोरा

१९, आश्विन २०७८
images
एनआरएनए अध्यक्षमा डा.बद्री केसीद्धारा औपचारिकरुपमा उम्मेदवारी घोषणा



गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि डा. बद्री केसीले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलन गरी केसीले उम्मेदवारी घोषणासँगै आफ्ना प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।

केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगार, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण, ज्ञान–सीप र प्रविधिसहितको एनआरएन, एनआरएन फाउण्डेशन, पर्यटन प्रवद्र्धन, युवा–महिला र दोश्रो पुस्ता तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्य लगायतका एजेण्डा उठाएका छन ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै डा. केसीले वर्तमान कार्यसमितिमा रहेर आफूले निर्वाह गरेको जिम्मेवारीको संक्षिप्त जानकारी गराउँदै कोभिड–१९का कारण समस्यामा परेका हजारौ नेपालीलाई गरिएको उद्धारको चर्चासमेत गरेका थिए । ‘एनआरएन अभियानमा १९ वर्षदेखि अनवरतरुपमा सहभागी हुँदै गर्दा यस अवधिमा संघको विभिन्न पदका लागि भएको प्रतिष्पर्धामा कामको मूल्यांकन गरेर नै संसारभरका एनआरएनहरुले जिम्मेवारी दिनुभएको मेरो विश्वास छ’ केसीले भने –‘अबको मेरो यात्रा भनेको स्वभाविकरुपमा संघको नेतृत्व नै हो, संघको अभियानलाई अझ सशक्त ढंगमा अगाडि बढाउनका लागि नै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

संघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार टिबी कार्कीले एनआरएन अभियानका लागि अबको नेतृत्वमा डा. बद्री के.सी स्वभाविक र निर्विकल्प उम्मेदवार भएको बताए ।

सो अवसरमा केसी टिमबाट उपाध्यक्षमा डा.हेमराज शर्मा, धर्मराज अधिकारी, महेश श्रेष्ठ, डि.बी क्षेत्री, याश्मिन वेगम शैयद, युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा लोक दाहाल, सचिवमा ओम गुरुङ, रामशरण सिम्खडा, चिरञ्जिीवी घिमिरे, राधिका गुरुङ ‘टिका’ महिला संयोजकमा संगिता मरहठ्ठालगायतको पनि उम्मेदवारी सार्वजनिक गरिएको थियो ।

स्थापना कालदेखिनै एनआरएन अभियानमा सक्रिय सहभागि केसीले एनआरएनए एनसीसी रसियाको महासचिव, २ कार्यकाल आइसीसी सदस्य, आइसीसी कोषाध्यक्ष, २ कार्यकाल आइसीसी महासचिवको भूमिका सफलतापूर्वक निभाइसके र हाल आइसीसी उपाध्यक्षको जिम्मेवारीमा छन् ।

"प्रधानमन्त्री भएंभने देशमा परिवर्तन गर्न सक्छु । मन्त्री र राष्ट्रपती त बन्दिन ।" -महावीर पुन

 

 

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - १९:०३:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend