Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गोरखा समाज मेरिल्याण्डले देउसी भैलो तथा शुभ दिपावली कार्यक्रम गर्ने

गोरखा समाज मेरिल्याण्डले देउसी भैलो तथा शुभ दिपावली कार्यक्रम गर्ने

नेप्लिज डायस्पोरा

२०, आश्विन २०७८
images
गोरखा समाज मेरिल्याण्डले देउसी भैलो तथा शुभ दिपावली कार्यक्रम गर्ने

गोरखा समाज मेरिल्याण्डको आयोजनामा दशैं तिहारको अवसरमा बिशेष कार्यक्रम हुने जानकारी भएको छ। समाजका अध्यक्ष गणेश लामिछानेले यो जानकारी गराउनु भएको हो।

गोरखा समाज मेरिल्याण्डका अध्यक्ष गणेश लामिछाने र महासचिव उदय प्रसाद भट्टराईले एक प्रेस बिज्ञप्ति जारी गर्दै चर्चित नेपाली कलाकारहरुसंगको साथमा देउसी भैलो सहित बिशेष कार्यक्रम गर्न लागेको बताउनु भएको छ।

देउसी भैलो तथा शुभ दिपावली कार्यक्रममा -२०७८ नाम दिइएको कार्यक्रममा अमेरिकामा रहेका र नेपालबाट आएका चर्चित कलाकारहरुले प्रस्तुति गर्ने पनि तयारी भईरहेको छ।


कार्यक्रम यहि अक्टोबर ३१ तारिखका दिन दिउसो ५ बजेदेखि साँझ १० बजेसम्म हुने समाजका उपाध्यक्ष राजेन्द्र भट्टले जानकारी दिनु भयो। कार्यक्रमको टेक्निकल र अन्य कामहरु जोडतोडका साथ भईरहेको गोरखा समाज मेरिल्याण्डका सल्लाहकार राजन कट्टेलले जानकारी दिनुभयो।  

कार्यक्रममा आउने कलाकारको बारेमा छलफल भईरहेको र छिट्टै सार्बजनिक गरिने अध्यक्ष गणेश लामिछानेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो। कार्यक्रममा सहभागी भैदिनुहुन समाजका सबैजनालाई अध्यक्षले अनुरोध समेत गर्नुभयो।

 

कार्यक्रम हुने मिति, समय र स्थान यसप्रकार छ:

मिति: अक्टोबर ३१, आईतबार
समय: साँझ ५ देखि १२ बजेसम्म
स्थान: 8777 Philadelphia Rd, Rosedale MD 21237

 

"प्रधानमन्त्री भएंभने देशमा परिवर्तन गर्न सक्छु । मन्त्री र राष्ट्रपती त बन्दिन ।" -महावीर पुन

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - ०१:०२:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend