Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सगरमाथालाई चिठ्ठी -नारायण अधिकारी

सगरमाथालाई चिठ्ठी -नारायण अधिकारी

नेप्लिज डायस्पोरा

२०, आश्विन २०७८
images
सगरमाथालाई चिठ्ठी -नारायण अधिकारी


प्रिय सगरमाथा ,
सन्चै / आरामै ?
चिसोमा ठडिने तिमिलाइ ,
गर्मी ठाउबाट न्यानो अभिबादन!
म तिमिलाई देख्छु ,
तर , तिमि मलाइ देख्दनौ।
कहिले गुलाम नभएको देशको,
सीमा रक्षक भएर पनि ,
तिम्रो नाममै गुलामीको गन्ध पाउछु म -
माउण्ट एभरेस्ट !
साच्चै तिम्रो नाम हो त यो !
तिमी नेपाली कि अङ्ग्रेज ?।
स्वाभिमानी भएर ,
सधैं टाउको ठड्याए पनि ,
तिम्रो छातिमा बिदेशी बुट बजारिन ,
कहिले छोडेन ।
चराम् , चराम् गर्दै ,
बिदेशी बुटहरु ,
तिम्रो छाती छिचोलेर ,
जब शीरमाथि उक्लिन्छन ,
असह्य पीडा हुन्छ मलाइ ।
फिरङ्गिहरु जब ,
तिम्रो काँधमाथि बिस्ट्याउछन ,
थुक्छन - सिगान फाल्छन ;
तिम्रो ढाड र कम्मर हुँदी ,
रित्ता बोतल र चुरोटका ठुटा फेंक्छन ;
सुर्तिका खोलहरु उडाउछन ,
लाग्छ -तिमिलाइ कुंडापात्र बनाएर,
कोहि आम्दानी गर्दैछ ।
तिम्रो टुप्पिमा जब ,
थरी/ थरिका झण्डा बाँधिन्छन -
स्वतन्त्रताको उपहास भएजस्तो लाग्छ मलाइ ।
बोल न , केही त बोल !
हामिलाइ ,
अन्यायको बिरोधमा ,
बोल्न सिकाउने तिमी ।
आज किन आफै ,
लात सहेरै उभिएका छौ ?
जवाफ देउ सगरमाथा , जवाफ देउ ।

पाल्पा

"प्रधानमन्त्री भएंभने देशमा परिवर्तन गर्न सक्छु । मन्त्री र राष्ट्रपती त बन्दिन ।" -महावीर पुन

 

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - ०१:१३:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend