Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति बिद्या भण्डारीद्वारा ब्यबसायी विनोद उप्रेतीलाई भेट

राष्ट्रपति बिद्या भण्डारीद्वारा ब्यबसायी विनोद उप्रेतीलाई भेट

नेप्लिज डायस्पोरा

२७, आश्विन २०७८
images
राष्ट्रपति बिद्या भण्डारीद्वारा ब्यबसायी विनोद उप्रेतीलाई भेट

नेपालकी राष्ट्रपती बिद्यादेवी भण्डारीले अमेरिकाको नेपाली समाजका समाजसेवी तथा ब्यबसायी विनोद उप्रेतीलाई भेट प्रदान गर्नु भएको छ।

अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा आधा दर्जन ब्यबसाय संचालन गर्दै आएका उप्रेती एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको संस्थापक उपाध्यक्ष र बानाका पुर्व सदस्य हुन्।

भेटका क्रममा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपालीका बारेमा चासो राख्नुभएको समाजसेवी उप्रेतीले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए। "उहाँसंग मेरो पुरानो चिनजान हो। राष्ट्रपति भएपछी उहाँसंग भेट्न मन थियो, पुरा भयो।" उप्रेतीले भने। भेटमा अमेरिकामा रहेका नेपालीले गरेका प्रगति र उनीहरुले नेपाल सरकारसंग राखेका अपेक्षाका बारेमा राष्ट्रपती भण्डारीसंग छोटो कुराकानी भएको पनि उप्रेतीले बताए।

उप्रेती २३ बर्षदेखि अमेरिकामा सक्रिय छन्। अमेरिकामा रहंदा उप्रेतीले नेपाली भाषा, कला र संस्कृतिको सहयोगमा सधै आफुलाई सक्रिय राखिराखेका छन।

यसैबीच उप्रेतीले नेपालको चर्चित कार्यक्रम ईन्द्रेणीका संचालक कृष्ण कंडेलसहितको टीमलाई आफ्नो गाउँमा लगेर बिशाल सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेका छन्। काभ्रेको दोलालघाट नजिकैको भुम्लु गाविसस्थित फलाँटेको क्यामुने चौर ७ को शारदा माविमा उक्त कार्यक्रम भएको थियो। सोहि माविबाट एसएलसी प्रथम डिभिजनमा पास गरेकी र क्यान्सरका कारण अष्ट्रेलियामा जीवन गुमाएकी आफ्नै बहिनी कल्पना उप्रेती पाण्डेको सम्झनामा गरिएको उक्त कार्यक्रममा विनोदले स्कुललाई १ लाख रुपैया सहयोग पनि गरेका थिए।

साथै उप्रेतीले आफ्नी आमा हरिमाया उप्रेतीको ईच्छा अनुसार ईन्द्रेणी कार्यक्रमको स्टुडियो निर्माणका लागी पिता चन्द्र नाथ (हरेराम) उप्रेतीको नाममा दुई लाख र स्वर्गीय बहिनी कल्पना उप्रेती पाण्डेको नाममा १ लाख रुपैया आर्थिक सहयोग गरेका छन्।

"आमा अचानक बिरामी परेपछि नेपाल आएको थिएँ। उपचार बाट निको भएपछी आमालाई "तपाइको ईच्छा के छ ?" भनि सोधेको "सक्छौ भने ईन्द्रेणी चलाउने कृष्ण कंडेललाई भेटाईदेउ", भन्नुभयो। मैले आमाको ईच्छा पनि पुरा गरें र केहि सामाजिक भेटघाट पनि गरें।" बिनोद उप्रेतीले भने।

 

2.jpg

 

 

3.jpg

 

भिडियो हेर्नुहोस।

 
               

 

images
प्रकाशित मिति :आश्विन २७, २०७८ बुधवार - ०६:०८:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend